Worldlink Communications

नेपाल र चिनको हितमा १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

असोज ८, काठमाडौ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्यांग बीच नेपाल र चिनको हितमा  १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी आएको छ ।

जानकारहरुका अनुसार व्यापार, कृषि, सञ्चार,विज्ञान तथा प्रविधिसँग सम्बन्धित बिषयमा समझदारी भयको हो । जसमा १० वटा सम्झौता र ३ वटा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

सम्बद्द सुत्रका अनुसार उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि,डिजिटल अर्थतन्त्र,हरित तथा  कार्बन न्यून उत्पादन कसरी गर्न सकिन्छ र यसमा चीनको सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी क्षेत्रमा आपसी सहयोग गर्ने बिषयमा सम्झौता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: