Worldlink Communications

धार्मिक विधिपूर्वक भाद्र चतुर्दशीका दिनदेखि काठमाडौ बासिले इन्द्रजात्रा मनाउदै

असोज ११ ,काठमाडौ

भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने इन्द्र जात्रा आज  काठमाडौँ, भक्तपुर, काभ्रे, दोलखा, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।इन्द्रजात्रा को अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ ।

धार्मिक विधिपूर्वक भाद्र शुक्ल द्वादशीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढोका अडाडि  इन्द्रको प्रतिमा बनाइ  ध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु गरिने जात्रामा विभिन्न प्रकारका नाचगान,रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।

हिजो बुधबार कुमारीको पूजा गरिएको थियो भने इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ध्वजासहितको लिङ्गो ढालेपछि जात्रा समाप्त गरिनेछ।जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोका स्थित  गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

जात्रा अन्तर्गत असोज १० गते जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरिएको थियो । आज ती देवीदेवताको रथयात्रा हुने छ । रथयात्राको रुटमा सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: