Worldlink Communications

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त

असोज १२,पोखरा

पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् ।

पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्दैमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ ।

प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती बोर्डिङ स्कुल ‘बी’ र कालिका मावि छनौट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ भाईले जानकारी दिनुभयो ।

शुक्रबार भएको सेमीफाइनल राउण्डबाट भद्रकाली मावि, कुमुदिनी होम्स, कान्तिपुर कलेज, प्रतिभा मावि ए र बी, प्रगती बोर्डिङ स्कुल ए, न्यू ग्यालेक्सी, डायमण्ड मावि, पश्चिमाञ्चल मावि प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।यसअघि शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो  । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता भएको बताउनु भयको थियो । संगीत जीवनको लागि अति उपयोगी कुरा भए पनि  राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि पर्दै गएको बताउनु भएको थियो  ।’ कला र संगीतमा शक्ति हुने भन्दै यस बिषयलाई विद्यालय स्तरबाटै विकास गर्न सके अन्तरास्ट्रीय क्षेत्रमासमेत आफ्नो उपस्थिति देखाउन सकिने बताउनु भएको थियो ।राज्य र शिक्षा क्षेत्र सम्बद्ध संघसंस्थाहरुले गर्नुपर्ने कार्यक्रम पोखरेली कलाकार संघले गरेर संगीतप्रति विद्यालय, विद्यार्थी, अभिभावक र राज्यको ध्यानाकृष्ट गर्न सफल भएकोमा सबै धन्यबाद को पात्रहुनुहुन्छ भन्नुभएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का बिखर्चीले संगीत विश्वको भाषा भएकाले यसको महत्व र प्रभाव सबैभन्दा बढी हुने बताउनु भयको थियो  । कला र संगीतको उन्नयन र विकासमा राज्यले ध्यान दिनुपर्ने उहाको भनाई थियो । राज्यले कान खोलेर सूनोस्,‘संगीत शिक्षा सबै जीवित आत्माहरुका लागि पानि को तिर्खा जस्तै हुनाले राज्यले लगानी बढाओस् ’-भन्नु भएको छ ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताउनुभयो। प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको क्षमताको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनेको बताउनु भएको थियो  ।यो ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–भन्नु भयो ।

संघका उपाध्यक्ष टोपबहादुर खत्रीले पोखरा व्याण्डहरुको राजधानी भएकाले त्यहि पुरानो विरासत फर्काउन प्रतियोगिता गरिएको बताउनु भयो  ।यस किसिमका कार्यक्रमहरुले सम्बन्धित सबै पक्षलाइ  संगीत  र सिर्जनामा लाग्न बजेट बिनियोजन देखि नैतिक दबाब र प्रेरणा र दवाब पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो  ।सचिव भाष्करध्वज श्रेष्ठले कार्यक्रमले एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भएको थियो। संगीतले मानिसको मानसिक सामाजिक बौद्दिक साथै शारीरिक  स्वास्थ्य सुधार्न महत्वपुर्ण भूमिका खेल्ने बताउनु  भएको थियो ।

ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा भोलि डि–मर्चा व्याण्ड, लेकाली व्याण्ड र शान्तराज बज्राचार्यको देउराली व्याण्डको विशेष प्रस्तुती रहने जनाइएको छ ।प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिरहेको छ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण भइरहेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिनु भएको थियो।

प्रतियोगिताको प्रथम उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, दित्तीयबिजेतालाई नगद ५० हजार र तेश्रो  बिजेताहुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिनि भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्: