Worldlink Communications

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जित्यो

असोज १३,पोखरा

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको प्रथम उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो ।

फाईनल राउण्डमा गरेको उत्कृष्टका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्डले दोस्रो हुदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेस्रो हुदै  नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।

उत्कृस्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित र  लिड गिटारमा कालिका मा वि का अनमोल थापा, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भएका थिए  ।विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे  गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्याम गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गर्नु भयको थियो  ।

 

प्रतिक्रिया दिनुहोस्: