Worldlink Communications

पोखरा-२८,कालिकामा माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज  १४ ,पोखरा 

पोखरा महानगरपालिका -२८ कालिकाले माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका वडा न. २८ , पोखरा महानगरपालिका कृषि तथा पशु विकास महासाखा  र रन टु-सेभ सोइल नेपाल नामक संस्थाको समन्वयमा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशको प्राविधिक सहयोगमा माटो परिक्षण शिविर तथा कृषि सम्बन्धी विविध अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता वडा न. २८ कृषि सञ्जालका उपाध्यक्ष राधिका देवी पौडेलले गर्नुभएको सो कार्यक्रमको प्रमुख अथिति पोखरा २८ का वार्ड अध्यक्ष श्री कृष्ण लामिछानेले गर्नु भएको थियो भने  अतिथि हरुमा पोखरा कृषि तथा पशु विकास महासाखाका मनहरी कडेरिया , माटो तथा मल परिक्षण प्रयोगशाला विज्ञ उमेश सापकोटा ,प्रधानमन्त्री कृषि आधुनिकीकरण का रोशन अधिकारी ,कृषि ज्ञानकेन्द्रका रामकृष्ण आचार्य “रन टुसेभ सोइल नेपाल” नामक संस्था नेपालका अध्यक्ष नविन पुन लगाएत माटो तथा मल परिक्षण प्रयोगशालाका अधिकृत खुब राज बराल लगाएत जनप्रतिनिधि डाल्डा देवि भुजेल लगायतको  समुपस्थितिमा भएको कार्यक्रम सञ्चालन रन टु-सेभ सोइल नेपाल नामक संस्थाका कोषाध्यक्ष ज्ञानू आचार्यले गर्नु भएको थियो।

प्रमुख अतिथिको आसनबाट पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्षको श्रीकृष्ण लामिछानेले आजको यस कार्यक्रम बाट किसानहरु धेरै लाभान्वित हुनुभएको छ भन्नु भयो। यस किसिम का कार्यक्रमहरु कुनै फाइब स्टार होटेलमा लाखौँ खर्च गर्दापनि लिन नसकिने कार्यक्रम भएको बताउनु भएको थियो ।किसान नभई कुनै खाद्य वस्तु उत्पादन नहुने भएको हुनाले किसान र कृषि बीच धेरैनै अपरम्पार सम्बन्ध  भएको बताउनुभयो  आगामी दिनमा आफूले किसानहरुलाई धेरै सघाउने उहाँहरुको भावनालाई बुझेर कृषिमा आधुनिकरण ल्याउने विषयमा आफु निरन्तर लाग्ने बताउनुभयो , जनप्रतिनिधि भइरहेको समयमा सबै किसानहरुलाई आधुनिकरण गराई सक्ने भन्ने उद्घघोष पनि गर्नुभएको थियो।

कार्यक्रमको बारेमा रन टु-सेभ सोइल नेपाल नामक संस्थाका अध्यक्ष नवीन पूनले माटो जीवन हो , हामीले पुस्ता हस्तान्तरण गर्दा हाम्रा भावी सन्ततीहरुलाई माटो राम्रो दिन सक्नु नै हाम्रो ठूलो हस्तान्तरण हो भन्नुभयो। हामीले हाम्रो भावी सन्ततिलाई पैसा सम्पत्ति दिए मात्र दिइएको देखिने विषय बन्नु साह्रै दुखद कुरा हो भन्केनु भयो । हामीले वातावरणीय पर्यावरणीय जैविक तथा सबै किसिमले जोगिएको जिम्दो माटो दिन सक्यौँ भने हाम्रा भावी सन्ततिको लागि ठूलो हस्तान्तरण हुनेछ भन्नुभयो |माटो जोगाउने काम अर्थात् जिम्मेवारी नेपालीको  मात्र होइन विश्वका हरेक आम मानिसले माटो जोगाउन उत्तिकै भूमिका खेल्न पर्छ भन्नुभयो।

त्यसैगरी कृषि ज्ञान केन्द्रका रामकृष्ण आचार्यले किसानहरूका आवाजहरुलाई सम्मान गर्दै अगाडि बढिरहेका सरकारी निकायहरु इमान्दार भएर किसानकै हितमा लागेको भएपनि किसानहरु संस्थागतरुपमा हामीलाई यो चाहियो भनेर आउन नसक्दा गार्यो भएको  बताउनुभएको थियो । किसानको जिबनस्तर उठाउनको लागि हामीले धेरै प्रयासरत गरिरहेको अवस्थामा केही किसानहरु आउनु भएको कुरालाई खुशी व्यक्त गर्नु भएको थियो ।किसानहरुले आफुलाई पाएक पर्ने कृषी ज्ञानकेन्द्र, पशु विकास महासाखा, प्रधानमन्त्री कृषि आधुनिकीकरण ,कृषि सम्बन्धित सम्पूर्ण इकाइहरू ले गर्ने सहयोग हामीले गर्नेछौं तर तपाई किसानहरु खुलेर हामी केही गर्छौं भन्ने अभिप्रायले कार्यलयमा आउनुपर्यो भन्नुभयो।

त्यस्तैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण का रोशन अधिकारीले हरेक बालीहरु पशुहरु को बीमा गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो भने प्रदेश र नगर दुवैको बिमा गरेको भएमा  १००% पोखराका कृषकहरुले बिमा पाउने बताउनुभएको थियो।पोखरा कृषि तथा पशु विकास महा  शाखा का  मनहरी कडरियाले  किसानहरु र हामी भनेको दुवैतर्फबाट दिने बन्नु पर्छ भन्नुभयो  किनकि हामी चाहन्छौं किसानले धेरै उत्पादन गरोस हामीहरुले किसानका समस्याहरु जाँहा जसरी भए पनि सम्बोधन  गर्न पाइयोस् भन्ने लाग्छ तर किसानहरू कार्यालयमा के छ योजना के दिन्छ भनेर आउदा ज्यादै दुख लागेकोबताउनु भएको थियो उहा हरु यसरि आउनुभन्दा  हामीलाई उत्पादनमुखी बनाउने तपाईहरुको योजना के छ  कसरी धेरै उत्पादन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ किसानहरुको आइदिनुभएमा  हामी धेरै खुशी हुने थियौं भन्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्: