Worldlink Communications

दृष्टिविहिन शोभा पौडेल न्याय नपाएपछि आमरण अनसन बस्न बाध्य

असोज १५,पोखरा

शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी शोभा पौडेलले २०७९/१०/२३ गते लमजुङ जिल्लाबाट निम्न माध्यमिक तहको नेपाली शिक्षकका रुपमा दोर्दी गाउँपालिकाको विद्यालयमा हाजिर हुनेगरी नियुक्ति पाउनु भएको थियो ।

पदस्थापन भएको विद्यालय दोर्दी गाउँपालिकाको अति विकट ठाउँमा भएको हुनाले पूर्ण दृष्टिविहिन शोभा पौडेलले त्यो विद्यालयमा एक्लै जान आउन नसक्ने हुँदा आफुलाई पायक पर्ने विद्यालयमा पदस्थापन गर्न सम्बन्धित निकायमा माग गरे अनुसार अन्य पायक पर्ने विद्यालयहरुमा पनि तपाईं लाई काम गर्न गाह्रो हुन्छ भनेर गाउँपालिकाले अन्यत्र व्यवस्थापन गर्न लिखित अनुरोध गरेको थियो ।

शोभा पौडेलले न्याय पाउनको लागि गाउँपालिका हुदै जिल्ला र प्रदेश हुँदै मन्त्रालयसम्म कुरा पुग्यो तर न्याय नपाए कि शोभाले धेरै ठाउँ धाइन तर आफ्नो कहि पनि पहुँच नभएको हुनाले जान आउन सक्ने ठाउँमा नियुक्ति नपाएको शोभा पौडेलले हामिलाइ बताउनु भयो  ।

मन्त्रालय र विभागमा धाउँदा धाउँदा शोभाका खुट्टा थाके । विभागले फेरि प्रदेश शिक्षा निर्देशनालयलाई आवश्यक व्यवस्थापनमा सहयोग गर्न पत्र लेख्यो । निर्देशनालयले कास्की जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइलाई व्यवस्थापन गर्न सहयोग गरिदिन पत्र लेख्यो ।

कुनै पनि इकाइले शोभा पौडेल लाइ कहि पनि व्यवस्थापन गर्न नसकेको वास्ता नगरेको पनिे आज ८ महिनासम्म पनि उहाले हाजिर हुने ठाउँ नपाएपछि हिजोबाट शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: