Worldlink Communications

बेगनास तालमा मानिस मृत फेला

असोज १७,कास्कि

कास्की  पोखरा महानगरपालिका वडा नं.३१ अलैची कुना स्थित बेगनास तालमा उत्तानो तैरियको अवस्थामा  फेला परेको हो।

स्थानीय हरुले पुरुष व्यक्तिको शव रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटीई गई उक्त शव तालबाट बाहिर निकालेको थियो।

शब् लाइ बाहिर निकाली हेर्दा निजले बोकेको कालो झोला भित्र रहेको नागरिकता अनुसार जिल्ला प्युठान मलरानी गा.पा. वडा नं.४ बस्ने वर्ष २२ को अनिस श्रेष्ठ रहेको भन्ने खुलेको हो।

प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शव पो.मा.को लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्: