Worldlink Communications

ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध-बाटो खुलाउने प्रयास जारि

असोज १७, धादिङ

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको छ  ।

धादिङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तु लाल प्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुबै बिधार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उहाका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरिसकिएको छ ।

दुर्घटनापछि आक्रोशित मृतकका आफन्तहरु तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध भैरहेको छ  । अबरूद्द सडक खुलाउने प्रयास भइरहेकाे धादिङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तु लाल प्रसाद जैसवारले जानकारी दिनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्: