Worldlink Communications

नेकपा एमाले गण्डकी प्रदेश अधिबेशनको मतदान सकियो -कसले मार्ला बाजी

असोज १८,पोखरा

पोखरा सभागृह हलमा भै रहेको  नेकपा एमाले गण्डकी प्रदेश अधिबेशनको मतदान कार्यक्रम सकिएको छ। समितिको प्रथम अधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचन अन्तरगत मतदान सुरु भएको हो ।

मतदानका लागि ३३ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग गरिएको छ ।अध्यक्षका उम्मेदवार नवराज शर्मा र मायानाथ अधिकारीले मतदान गरेर मतदान कार्यको शुभारम्भ गर्नुभएको थियो।

मतदान कार्यक्रम साँझ साढे ५ बजेसम्म चल्नेभनिएपनि ९:३० सम्म चलेको थियो ।अब केहि समय मानै नतिजा आउने निर्वाचन समिति को कार्यालयले बताएको छ ।

मतदाताले मतदान केन्द्रमा उम्मेदवारको नाम लिष्ट, उम्मेदवारको प्रचार रहेका भिजिटिङ कार्ड , मोबाइल, क्यामरा, लाइट लगायतका प्रज्लवनशील सामान तथा त्यस्ता पदार्थहरु लैजना निषेध गरिएको थियो।

आज भएको नेकपा एमाले गण्डकी प्रदेश अधिबेशनको लागि पार्टी भित्रै बाट आन्तरिक प्रतिस्पर्धा गर्ने उमेदवारहरुको नामावली निर्वाचन कार्यालयले प्रकाशित गरेको थियो जस अनुसार उम्मेदवार हरुको अन्तिम नामावली

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी, उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मिन प्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी र  रश्मि आचार्य, उप सचिवमा दाम बहादुर वि.क. र सन्तोष रावल, उप सचिव महिलामा मञ्जु अधिकारी प्यासी र मिना गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।

प्रदेश खुल्ला सदस्यमा कुल ५८ जना निर्वाचित हुनेछन् । जसलाई विभिन्न कलष्टरमा विभाजन गरिएको छ । २२ जना चाहिने खुला तर्फ ४६ जनाको उम्मेदवारी परेको छ । यसरी उम्मेदवार हुनेमा अमर सिंह घर्ती, इन्द्र प्रसाद पौडेल, ओम बहादुर बराकोटी, इ.ओम शर्मा, कालिदास सुवेदी, कुमार थापा, कृष्ण पाठक, केशव प्रसाद आचार्य, खुम प्रसाद सुवेदी, खुम बहादुर बानियाँ, गोपेन्द्र केशरी न्यौपाने, गोविन्द बस्नेत, छत्रराज पौडेल, जनकराज पौडेल, तीर्थमणी भुसाल, दिपक तामाङ, दुर्गा प्रसाद शर्मा, देवेन्द्र कुमार गुरुङ, धन बहादुर नेपाली, धनीराम महतो, नारायण प्रसाद तिमिल्सीना, नारायण खनाल, निर्मल दियाली को परेको थियो ।

खुल्लातर्फको उम्मेदवारीमा पदम बहादुर कार्की, प्रजापति पराजुली, प्रवेश चन्द्र उप्रेती, बामदेव ढुंगाना, डा.बुद्धिमान श्रेष्ठ, भक्त बहादुर कुँवर, महेन्द्र कुमार श्रेष्ठ, मित्रलाल बस्याल, मेघराज पाण्डे, रघुनाथ भण्डारी, रण बहादुर गुरुङ, राधाकृष्ण लामिछाने, रुक्मांगत भुर्तेल, लक्ष्मण गिरी, लक्ष्मण बराल, लिलाधर पौडेल, शंकर बहादुर के.सी., शिव प्रसाद सापकोटा, शिव बहादुर बराल, श्याम राजा महत, संजय श्रेष्ठ, सम बहादुर गुरुङ र सिंह बहादुर थापाको परेको थियो ।

प्रदेश महिला तर्फ १८ जनाको उम्मेदवारी परेको छ जसमा उमा कोइराला, खरमाया बिटालु, खिमा पाण्डे, गिता भट्ट, चन्द्रकला अधिकारी देवकोटा, जगन कुमारी गुरुङ, ज्योति तामाङ, तारामाया थापा, देवका पहारी, देवी थापा, फुलमाया वाग्ले, भिमा अधिकारी, मनुमाया खत्री, ममतादेवी शर्मा उपाध्याय, लिला पोख्रेल थनेत, सिता पंगेनी, सुमिता शेर्पा, हुमा कुमारी जि.सी.(अन्जु) सहित १८ जनाको उम्मेदवारी परेको थियो।

दलित महिला तर्फ १० जनाको उम्मेदवारी परेको छ जसमा कमला सुनार, कविता वि.क. गोमा कुमारी नेपाली, जुना देवी नेपाली, धनमाया विश्वकर्मा, नन्दकला दमै नेपाली, प्रेम देवी परियार, मन्वुजा वि.क., लक्ष्मी सुनार र सुनिता गहतराज सुनारले आफ्नो उम्मेदवारी दिनुभएको थियो जसमा  ५ जना आवश्यक पर्ने उम्मेदवार पर्छ ।

१ जना आवश्यक पर्ने अपाङ्ग सदस्यमा अन्जना के.सी., गंगा बहादुर खड्का, हेमनाथ गुरुङको उम्मेदवारी कायम छ ।१० जना आवश्यक पर्ने प्रदेश युवा खुल्ला तर्फ २० जनाको उम्मेदवारी कायम छ । यसरी अन्तिम प्रतिष्पर्धा गर्नेमा अर्जुन अधिकारी, अर्जुन पौडेल, कृष्णराज पौडेल (संजाल शर्मा), घनश्याम सुवेदी, दिपक शर्मा, प्रकाश ज्ञवाली, प्रदिप थापा मगर, प्रमेश गुरुङ, बिद्रोही गिरी, भरतमान गुरुङ, मन कुमार श्रेष्ठ, मोहन प्रसाद भट्टराई, रमेश राज भण्डारी, राज कुमार थापा, राम बहादुर थापा, विष्णु पुन, शुशिल बस्नेत, सगुन राना, सुजन भट्टराई र हिरालाल विश्वकर्मा छन् ।

युवा सदस्य महिलामा ५ जनाको लागि अन्जु केसी, अम्बिका कुमारी शर्मा, आशा गैरे ब्लमेन, छवि कला पाण्डे, प्रतिक्षा पौडेल, सुरक्षा लामिछाने, सुष्मा पौडेल र सृजना के.सी.को गरी ८ जनाको बिचमा प्रतिष्पर्धा हुँदैछ । मजदुर खुल्ला तर्फ ३ जनाको लागि विष्णु प्रसाद चापागाई, विष्णु बहादुर खत्री क्षेत्री, रुद्र बहादुर खत्री, लिला बहादुर कार्की, सैलेस लामिछाने गरेर ५ जनाको बिचमा प्रतिष्पर्धा हुँदैछ ।

प्रदेश खुल्ला समावेशीतर्फ १३ जनामा आदिवासी जनजाती खुल्ला तर्फ १६ जनाको उम्मेदवारी कायम छ । ६ जना निर्वाचित हुने खुल्लातर्फ अनिल प्रसाद मास्के, असोक छन्त्याल, कमान सिंह गुरुङ, खम बहादुर पुन, चिन्तामणी महतो चौधरी, तेज बहादुर गुरुङ, नर बहादुर थापा मगर, बुद्धिमान गुरुङ, बेद बहादुर गुरुङ, भुपेन्द्र बुढाथोकी, मेक बहादुर पुलामी, रन बहादुर राना, सुजन लामा, हर्क बहादुर गुरुङ, हुम बहादुर गुरुङ र होम बहादुर थापा बिच प्रतिष्पर्धा हुनेछ ।

आदिवासी जनजाती महिला तर्फ ४ जनाको लागि ३ जनाको उम्मेदवारी कायम छ । जसमा खगीसरा थापा मगर, जोगमाया महतो, निर्मला थापा र लाल सुब्बा गुरुङ छन् । अल्पसंख्यक खुल्ला तर्फ उडिम बहादुर छत्याल, प्रेम बहादुर दुरा, रंजित कुमाल, सुक बहादुर घलेको उम्मेदवारी छ । मुस्लिम तर्फ १ सदस्यको लागि ईस्लाम मियाँ र नासिर खाँ (नसिर) ले प्रतिष्पर्धा गर्दैछन् ।संघिय निर्वाचन क्षेत्रको १८ सदस्य मध्ये लागि कास्की १ मा एस.एन. शर्मा शंकर र टिकारमा पंगेनी, कास्की २ मा चन्द्र बहादुर रोकाहा, बलराम आचार्य र युवराज पौडेल, कास्की ३ मा विष्णु बहादुर के.सी. र शोभा मोहन पौडेलले प्रतिष्पर्धा गर्दैछन् ।

तनहँ १ मा अम्मर बहादुर भण्डारी र प्रेम राना, तनहुँ २ मा कमल ढकाल र धर्मराज खनाल, नवलपुर १ मा विष्णु प्रसाद भुसाल र हरि प्रसाद न्यौपाने, नवलपुर २ मा बाल प्रसाद ठाडामगर र सुर्य प्रसाद पाण्डे, पर्वत १ मा शान्त पौडेल र हरिहर पोखरेल, लमजुङ १ मा गोवर्धन गौली र मोहन हरि पौडेल, स्याङजा १ चुन प्रसाद शर्मा र रामबहादुर थापाबिच प्रतिष्पर्धा हुने भएको छ ।

जिल्ला भुगोलतर्फ कुल ६१ जना निर्वाचित हुनेछन् । जसमा कास्कीबाट ९ जना निर्वाचित हुनेमा १८ जनाको उम्मेदवारी परेको छ । जसको खुल्लामा जगन्नाथ बाँस्तोला, दिलीप विक्रम शाही, बसन्त बराल (राजु), बुद्धी सागर सापकोटा, महेश्वर दवाडी, विद्या विमल बराल, संजिव बहादुर कोइरालाको उम्मेदवारी छ ।

खुल्ला महिलामा काशी माया गुरुङ, जानुका अधिकारी, नारायण भट्टराई (रक्षा, पार्वती जि.सी. (घर्ती क्षेत्री), विमला शर्मा (लोचना), सगुन गुरुङ, सावित्री भण्डारी, सुशिला पौडेल पराजुली भिड्दैछन् । दलित तर्फ प्रेम वि.क र मिम बहादुर विश्वकर्माले प्रतिष्पर्धा गर्नेछन् ।

गोरखाबाट जिल्ला भुगोल खुल्लामा कमल दानी, गोपाल पाण्डे, विशाल थापा र हरि भट्टको उम्मेदवारी परेकोछभने महिलामा पार्वती देवी पाठक, मिना बराम र लुना थापाको उम्मेदवारी परेको छ ।

जिल्ला भुगोल तनहुँको खुल्लामा इन्द्र बहादुर कुँवर, मेख बहादुर थापा, राम बहादुर गुरुङ, रामचन्द्र उपाध्याय, महिलामा कृष्ण कुमारी श्रेष्ठ, देवु विष्ट, रत्ना देवी घिमिरे, दलितमा बाबुराम सुनार र मोहन सुनार उम्मेदवार छन् ।

जिल्ला भुगोल नवलपुरमा टंकमणी शर्मा, तिल प्रसाद काफ्ले, भीमलाल अधिकारी, मधुकर मल्ल, लक्ष्मण बहादुर पाण्डे, हुमनाथ सुवेदी, महिलामा देउकला बराल, पार्वता तिवारी, रन्नता कुमारी काफ्ले, विन्द्रा गैह्रे (विजया), सरस्वती पंथी र सिता खड्का उम्मेदवार छन् ।

जिल्ला भुगोलमा पर्वतको महिलामा याम कुमारी राना, शारदा कुमारी शर्मा, सेति महत र हिरा देवी शर्माले प्रतिष्पर्धा गर्दैछन् ।

जिल्ला भुगोल बागलुङमा खुल्ला तर्फ डा.डिल्लीराज गौतम (डि.आर.शर्मा), ध्रुव बहादुर के.सी., राम बहादुर जि.सी., सुनिल शेरचन (सुनिल), महिलामा गिता शर्मा र मञ्जु शर्मा चालिसे उम्मेदवार छन् ।स्याङ्जाको जिल्ला भुगोल दलितमा कुल बहादुर वि.क., टिकाराम नेपाली, मेघ बहादुर सार्की चुनावी मैदानमा छन् ।

लेखा समितिको अध्यक्षमा अमृत प्रसाद ज्ञवाली र राम बहादुर जि.सी., उपाध्यक्षमा गिरीधारी सापकोटा र शिवहरी पौडेल, सचिवमा कृष्ण राज ढकाल, विरबहादुर विश्वकर्मा र बैकुण्ठनाथ आचार्य बिच प्रतिष्पर्धा हुँदैछ ।

सदस्यमा ऋषि के.सी., ऋषिराम विश्वकर्मा, चेत बहादुर गुरुङ (राजन) , डोलराज ढुंगाना, भक्तराज सुवेदी, राजेन्द्र प्रसाद पौडेलको उम्मेदवारी कायम गरिएको छ ।कुल १ सय ६२ सदस्य निर्वाचित हुनेमा सदस्यतर्फका केही पदमा निर्विरोध निर्वाचित भएका छन् ।

अहिले सुरु भएको मतदानमा अधिवेशन प्रतिनिधिको रुपमा आएका गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी रहेको मतदान कार्यक्रम सकिएको छ अबको केही समय पछि नतिजा आउने निर्वाचन समिति द्वारा जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्: