Worldlink Communications

कुलमण्डन शाहको पालादेखि हुँदै आएको बाटुलेचौरको कालिका मन्दिरको दुर्गापूजा यस बर्ष हिमालय क्लबको आयोजनमा हुदै

असोज २२,पोखरा

हिमालय क्लब पोखरा १६ बाटुलेचौरको आयोजनमा कालिका मन्दिरको दुर्गा पूजा यस बर्षको बडादशैं असोज २८ गते फूलपाती को दिनदेखि कार्तिक ७ गते टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित नवदुर्गाको  पूजा तथा आरती गरिने हिमालय क्लबका नि.अध्यक्ष एबम् दुर्गापूजा ब्यबस्थापन समितिका सयोजक मोहन ब.थापाले जानकारी दिनुभयो ।

राजा कुलमण्डन शाहको पालादेखि नै हुँदै आएको पूजालाई निरंतर र ब्यबस्थित  रूपमा दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको एतिहासिक बास्तबिकतालाइ बिस्तारै नयाँ पुस्तामा हस्तान्तरण गर्दै  लैजाने कार्यक्रमलाई निरन्तरता दिईएको हिमालयक्लबका अध्यक्ष शुशिल बस्नेतले प्रस्ट पार्नु भयो ।

घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म बिहानको  नित्य पूजा, चण्डी पाठ र घटस्थापनाकोदिन साँझमा गरिने  सन्ध्याकालिन महाआरती, १०८ दीप प्रज्वलन, भजन कीर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले मालश्री धुन प्रस्तुत गर्ने तयारी गरिएको जानकारी कालिका मन्दिर तथा कोतमामलियत ब्यबस्थापन समितिका सचिब एबम मन्दिर का पुजारी श्री नारायण प्रसाद देबकोटाले जानकारी दिनुभयो।

नियमित रुपमा पूजाआजा नवदुर्गाभरि विशेष रुपमा  महाअष्टमीको साँझ दीप प्रज्वलन, कालरात्री पूजा र महाआरती सहितको विशेष पूजा हुने बडा दशैको फूलपातीको दिन क्षेत्री समाजको आयोजनामा चण्डीका,अ म्विका र कालिका मन्दिरको परिक्रमासहित कलश यात्रा गरिने कालिका मन्दिर तथा कोतमामलियत ब्यबस्थापन समितिकाअध्यक्ष दुर्गा के.सी थापाले बताउनुभयो।

नबदुर्गाको पूजा दशैंको अवधिभर बिहान र साँझमा नियमित हुने बताइएको सम्पूर्ण कार्यक्रमहरु हिमालय क्लबको संयोजनमा हुने र सहभागीताकोको लागि  दुर्गा पूजामा शुक्ला साहित्य प्रतिष्ठान, बडहरवोट आमा समूह, संरक्षण आमा समूह, नेवाः खल बाटुलेचौर, मैदान आमा समूह, क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागि महिला एकल महिला समूह, परियार समाज लगायतका संघ संस्थाको सक्रियतामा गरिने  क्लबक सचिब शिबराज देबकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: