Worldlink Communications

मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने कारागार चलान

असोज २६,पोखरा

असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा भएको दुखद घटना र त्यसको कारणले थप दुखद बन्न को लागि बिबिध कारणमा सलग्न भएको भनिएकहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ९ जनापक्राउ परेकाहरु मध्य २ जनालाई कारागार चलान गरेको छ ।

लमजुङ जिल्ला सुन्दरबजार न.पा. वडा नं. ६ बस्ने बर्ष ५७ की सुक माँया दुरा स्वास प्रस्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई उपचार को लागि जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.११ फुलबारी स्थित रहेको मणिपाल शिक्षण अस्पताल ल्याएकोमा उपचारको क्रममा मिति २०८०।०६।०८ गते दिउसो १  बजे डाक्टरले मृत घोषणा गरेको थियो।

मृतकका आफन्तहरूले उपचारको क्रममा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको हो भन्दै मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलित भई उपचारमासंलग्न चिकित्सकलाई कुटपिट गरेको तथा मणिपाल शिक्षण अस्पताल तोडफोड गरेकोअभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निम्न ९ जनालाई  पक्राउ  गरेको थियो।

पक्राउपछी  स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृयाअगाडी बढाई सरकारी वकिल कार्यालय मार्फत अदालत पेश हुँदा सम्मानित कास्की जिल्लाअदालतबाट छावा भन्ने शुशिल कार्की जिल्ला कास्की पोखरा १७ हनुमान टोल र बिनय गुरुङ जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन लाई पुर्पक्ष लागि थुनामा कारागार कार्यालय कास्की राख्ने कारबाहीको फैसला गरेको छ ।

संजय पिडित भनिने सुजित मुल्मी कास्की पो.म.न.पा.-०४ ,अभिनाश गुरुङ जिल्ला कास्की पो.म.न.पा-०५ मालेपाटन ,अरुण गुरुङ जिल्ला कास्की पो.म.न.पा.वड नं.०५ प्रस्याङ ,नितेश गुरुङ जिल्ला कास्की पो.म.न.पा.वडा नं.०९ नयाँबजार,  विवेक गुरुङ जिल्ला कास्की पो.म.न.पा.वडा नं.०९ नागढुङ्गा , मनिष थापा जिल्ला कास्की पो.म.न.पा.वडा २० भलाम ,प्रदिप गुरुङ जिल्ला कास्की पो.म.न.पा.वडा नं.११ फूलबारी लाइ जनही १ लाख धरौटी राखी तारेख मा छुटेको जिल्ला प्रहरी कार्यलय ,कास्की निजहरूलाइ  जनही १ लाख (रु.१,००,०००।-) धरौटी राखी तारेखमा छुटेको छन्  ।पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्तिहरू फरार रहेको  सूचना अधिकारी
जिल्ला प्रहरी कार्यालय, कास्कीले भन्नु भएको हो  ।

प्रतिक्रिया दिनुहोस्: