Worldlink Communications

नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस द्वारा शुभकामना आदानप्रदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न

असोज २६ पोखरा

गण्डकी प्रदेशकै अग्रणी शैक्षिक सस्थाका रुपमा रहेको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा नेपाल प्रगतिशील प्राध्यापक संगठनले विजयादशमी २०८० को शुभ उपलक्ष्यमा आफ्ना सहकर्मी हरुबिच एकाआपसमा भाइचाराको सम्बन्ध राख्नको लागि शुभकामना आदानप्रदान कार्यक्रम सहित रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष नविन अधिकारी प्यासीले गर्नुभएको सो कार्यक्रमको प्रमुख अथिति पृथ्वीनारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले गर्नुभएको थियो ।नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रिय सदस्य गिरधारी दाहालको विशेष आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय गित  र स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको समुद्घघाटन कार्यक्रम का प्रमुख अतिथि  क्या. प्रमुख प्रा. सरोज कोइरालाले व्यानरमा हस्ताक्षर गरी उद्‌‌घाटनगर्नु भएको थियो ।

प्रमुख अतिथि  क्याम्पस प्रमुख – प्रा.डा. सरोज कोइरालाले नेपाली हरुको महान चाडपर्वहरूको सुरुवातिमा गरिएको यस किसिमका शुभकामना आदानप्रदान कार्यक्रमले सबै सबै संगठनहरुबीच सामिप्यता बढ्ने हार्दिकता बढ्ने भएको हुनाले खुसी ब्यक्त गर्नु भएको थियो। क्याम्पसका सबै सहकर्मी र बिधार्थी हरुलाई सो कार्यक्रम शुभकामना व्यक्त गर्दै। सामाजिक बौद्धिक क्षेत्रमा काम गर्ने सबैलाई विजयादशमी २०८० को शुभकामना सहित धन्यवाद‌ व्यक्त गर्नुभएको थियो।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन प्रदेश कमिटि अध्यक्ष विष्णु प्रसाद अधिकारी, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रिय सदस्य गिरधारी दाहाल, त्रि बि प्राध्यापक संघ पृ ना क्या का सभापति लक्ष्मी शरण अधिकारी, प्रजातन्त्रबादि प्राध्यापक संघका सभापति देबिलाल शर्मा, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष बिपिन बहादुर अधिकारी, निवृत्त प्राध्यापक परिषद का संयोजक कृष्ण प्रसाद पौडेल, संगठनका अध्यक्ष सुनिल गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो।

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित करिब २५० जना सबैको रक्त परीक्षण निसुल्क गरिएको थियो। रक्त परीक्षण को रिपोर्ट सबैको जिमेल मा आउने मेडिप्लस  प्याथोलोजीका अध्यक्ष-हेमराज बरालले बताउनुभएको थियो  ।

कार्यक्रमको अन्तमा नेपाल प्रगतिशील प्रध्यापक संघका अध्यक्ष एबम कार्यक्रमको अधक्ष्यता गरिरहनुभएका नविन अधिकारी प्यासी ले शैक्षिक अनि प्रागिक क्षेत्रहरुमा विभिन्न किसिमका मत मतान्तर हुँदाहुँदै पनि हरेक व्यक्तिको पेशागत हकहितको निम्ति सबैले आ आफ्नो ठाउँबाट सचेत हुँदै अगाडि बढिरहेका प्रागिक संघसंगठन र  ब्यक्तित्व हरुमा कहि कहि असन्तुष्ट सधैं कुनै न कुनै रूपमा रहि आएको ले पोख्ने अवस्था सिर्जित गर्न को लागि पनि आजको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। आजका प्रमुख अतिथिलाई देखाउदै सम्बन्धित निकायको ध्यान जाने नै छ भन्नुभएको थियो। पेशागत संघसंगठन हरुले गम्भीरताका साथ सबैको हितमा हुने गरी आवाज बुलन्द पार्नु पर्ने बताउनुभएको थियो। कार्यक्रममा आएर सबैले रक्त परीक्षण गर्दै चियापान कार्यक्रममा सहभागी भै शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भईदिनु हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

आजको कार्यक्रममा यस संगठनमा आवद्ध हुने सम्पूर्ण प्राध्यापक र उहाहरु को परिवारलाई मेडिप्लस अस्पताल बाट ५०% सहुलियत दिने सहमति भएको विषय पनि सङ्गठनका अध्यक्ष नबिन अधिकारी प्यासि ले हामीलाई बताउनुभएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रुपले सम्पन्न गर्नको लागि संगठनका सहसचिव अर्जुन सुवेदीले संचालन गर्नुभएको थियो।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: