Worldlink Communications

मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना

असोज २७,मनाङ

मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।  हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ  सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिएका छन् ।

‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।

प्रतिक्रिया दिनुहोस्: