Worldlink Communications

आज नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै

कात्तिक २, पोखरा

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात्  स्कन्दमाताको विधिपूर्वक पूजा आजको  दिनमा हरेक नेपालिको  दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्दभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास गरिन्छ ।

नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

नवरात्रमा पोखराका बिशेष गरि बिन्दबासिनी मन्दिर ,अकला मन्दिर  लगाएतका  शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजन हरुको बिहानैदेखि  भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा अआफ्नो मनोकाङ्गक्ष   पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्: