Worldlink Communications

रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष दुर्घटनामा

कार्तिक २ ,रामेछाप

रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ ।

गाडी  प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैजादा दुर्घटना भएको थियो भने अध्यक्ष सकुशल हुनुहुन्छ ।

गाडी स्टार्ट गरेर बाहिर निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँन पुग्द  गाडी हुत्तिएर पालिकाको भवन नजिकै ठोकिएकाे थियो । गाडी ठाेकिँदा अगाडिकाे भागमा क्षति पुगेकाे छ । अहिले त्याे गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् ।

गाडी दुर्घटनामा परेपछि अध्यक्ष मैन कुमार माेक्तान ले अर्कै गाडी लिएर काठमाण्डाै जानुभएकाे गाउँपालिकाका एक कर्मचारीले जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: