राष्ट्रपति र सरकार माथि नैतिकताको प्रश्न – सरकारले रिगललाइ पक्राउ गरेर मात्र पुग्छ ?

राष्ट्रपति र सरकार माथि नैतिकताको प्रश्न – सरकारले रिगललाइ पक्राउ गरेर मात्र पुग्छ ?

परिबर्तन न्युज
१६ कार्तिक २०८० बजे
परिबर्तन न्युज
१६ कार्तिक २०८०

कार्तिक १६

सर्वोच्च अदालतको फैसला अनुसार जन्मकैद सजाय पाएका युवराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बिरुद्ध परेको मुद्दालाइ सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरिदिएको छ ।

युवराज ढकाल -रिगलको बाँकी कैद माफी दिने निर्णय पीडितको हक प्रतिकूल देखिएको हुनाले उनलाई तत्काल थुनामा पठाउन सरकारको नाममा परमादेश पनि जारी गरेको छ।सर्वोच्चले रिगल ११ वर्ष ११ महिना ५ दिनको कैद भुक्तान गर्न पर्ने देखिएको भनेको छ।

Advertisement:Ad
Advertisement:Ad

रिगल लाइ तत्कालै  कैद असुल उपर गर्न पक्राउ गरि थुनामा राख्न सरकारका नाममा परमादेश जारी गरे अनुसार पक्राउ त गरेको छ तर के नैतिकताको आधारमा पक्राउ मात्र गरेर पुग्छ त ! यावत बग्रेल्ती प्रश्नहरु खडा हुँदै छन ।

पुर्ण पाठ :

https://drive.google.com/file/d/1fph5ZW3GJVWeN4Ayz4ffE5ByxR1WQC01/view?usp=drivesdk

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज