Worldlink Communications

पोखरा फिस्टेल एकेडेमीले ‘फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्ने

कार्तिक ,१७, पोखरा

पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही मङ्सिर २७ देखि ३० सम्म ‘फिस्टेल स्पोर्टस् फेस्ट’ आयोजना गर्ने भएको छ।

विक्रम संवत् २०५१ मा स्थापना भई लामो समयसम्म शिक्षा र खेलकुद क्षेत्रमा ठुलो योगदान पुऱ्याउँदै आइरहेको यस विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

एसईई २०७९ मा ४ जिपिए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयले विगत दुई वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालय (Progressive School) को रूपमा अगाडि बढाउँदै आएको छ । आईबी पिवाईपी (IB PYP) प्रस्तावित यस विद्यालयले आयोजना गर्ने यस खेलकुद कार्यक्रममा देशविदेशका विभिन्न विद्यालय हरू सहभागी हुने बताइएको छ।

बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने गरी गर्न लागिएको सो प्रतियोगितामा देश विदेशका विद्यालयहरूले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू लाई सहभागी गराउन सक्ने छन् । तीनओटै खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसै गरी लन टेनिसतर्फ छात्र र छात्रा दुवैमा १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू रहने छन् । लन टेनिस प्रतियोगिता मा आकर्षक पुरस्कार रहेको विद्यालयले जनाएको छ । विद्यार्थी हरूमा शैक्षिक विकासका साथसाथै खेलकुदमार्फत उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: