Worldlink Communications

विपन्न तथा मजदुरहरुलाइ निशुल्क स्वास्थ्य बिमा कार्ड दिदै -वडा अध्यक्ष

कार्तिक १७,पोखरा

पोखरा १३ भित्रका विपन्न तथा मजदुरहरुलाइ निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आतिथ्यतामा वडा भित्रका १०९ जना विपन्न तथा मजदुरहरुले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका हुन् ।

प्रमुख अतिथि भरत खत्रीले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएर धेरै नै राम्रो काम गरेको बताउदै अब पैसाको अभावमा उपचारबाट कोहि पनि वञ्चित हुनु नपर्ने बताउनुभयो  ।

बिषेश गरि गरिबहरु बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएकोले सरकारको राखेको मुल मर्मलाई  उद्देश्यलाइ पोखरा महानगरपालिका वडा नं.१३ ले अनुसरण गरेकोमा बिषेश धन्यवाद दिनुभयो।

बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराएको निशुल्क स्वास्थ्य बिमा कार्डको नविकरणबाट नेपाल सरकारको ढुकुटीमा एक अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको बताउनुभयो ।

वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यले वडा भित्र रहेका विपन्न र मजदुर वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यसअघि पनि वडाले स्वास्थ्य क्षेत्र बिबिध गतिविधि गर्दै आएको जसमा वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन देखि नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्दै आएको बताउनुभयो ।पैसाको अभावमा उपचार नपाएर अब कोहि पनि मर्नुपर्ने अवस्था आउने छैन वडा सँधै जनताको साथमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: