Worldlink Communications

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

कार्तिक १८, कर्णाली

शुक्रबार राति ११ः४८ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४८ मिनेटमा जाजरकोट राँमेडाडा केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनुभयो।

पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालो ६.४ म्याग्निच्युडको भुकम्प गएको छ। कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् ।

रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताउनुभयो।

भुकम्पको डरलाग्दो धक्काले पोखराका नागरिकहरु तर्सित भएर सबै घर बहिर निस्केर कराएका थिए। पोखरेलीहरु लाइ २०७२ सालमा गएको भुकम्प को झल्को दिएर गएको भुकम्प फेरि आउने हो कि भनेर अझै बहिर बसेको बताएका छन।

 

प्रतिक्रिया दिनुहोस्: