लेखनाथको दृष्टिविहीन आश्रममा आगलागीबाट लाखौंकाे क्षति

लेखनाथको दृष्टिविहीन आश्रममा आगलागीबाट लाखौंकाे क्षति

परिबर्तन न्युज
३० कार्तिक २०८० बजे
परिबर्तन न्युज
३० कार्तिक २०८०

कार्तिक ३०,पोखरा

पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी भएको छ ।

Advertisement:Ad

बुधवार बेलुकी आश्रममा लागेको आगलागीबाट झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे र आगलागीबाट पाँच काेठे घर पुरै ध्वस्त भएको छ ।

करिब ३० जना दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरु बस्दै आउनुभएको आश्रममा उहाँहरुको आफैँले उत्पादन गर्नुभएका ३५ लाख बराबरको समान बजारमा लागेर बेच्ने अगरबत्ती,कपुर,पेन्सल ,डटपेन,फिनेल,हार्पिक,अबिर,केशरीलगायतका सामग्री जलेर नष्ट भएकाे दृष्टिविहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयाे ।

अपाङ्गगतामैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको घर आगलागी भएपछि त्यहाँ बस्दै आउनु भएकाहरूको बिचल्ली भएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज