Worldlink Communications

त्रिभुवन पौडेल स्मृतिमा प्रतिष्ठान गठन

मंसिर ९, पोखरा

पोखरामा २०७९ माघ १ गते भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ ।

आज बसेको भेलाले प्रतिष्ठानको तदर्थ समिति निर्माण गरिएको  छ। जसमा स्व. त्रिभुवन कै धर्मपत्नी प्रतिभा अधिकारी अध्यक्ष चयन हुनुभएको छ भने उपाध्यक्ष उत्तम पौडेल, सचिवमा विश्वदर्शन पराजुली, कोषाध्यक्षमा अनुपम पौडेल, सदस्यहरुमा रश्मी बराल, नरेस बराल, केशब पौडेल,  डिल्लिराम पौडेल र पत्रकार महासंघ गण्डकीका अध्यक्ष र पत्रकार महासङ्घ कास्कीका अध्यक्ष पदेन सदस्यीय रहने गरि ११ सदस्यिय समिति चयन गरिएको छ।

लेकसाइड पोखराको मझेरीमा भएको भेलाले आगामी २३ गते सनिवार ११:३० मा पत्रकार महासंघको कार्यालयमा अर्को कार्यक्रम गरिने जानकारीदिदै कार्यक्रम सम्पन्न भएको थियो । पौडेलको स्मृतिमा पत्रकारिताको विकासका लागि प्रतिष्ठानले काम गर्ने बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्: