Worldlink Communications

चौध विद्यालयहरूबीच भएको हाजिरजवाफ प्रतियोगितामा प्रथम -विन्ध्यवासिनी माध्यमिक विद्यालय

मंसिर १५ , पोखरा

पोखरा महानगरपालिका वडा नं.१६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको आयोजनामा सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता २०८० कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु बीच गराइएको प्रतियोगितामा आयोजक विद्यालय  विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम भएको छ।

बिन्ध्यावासिनी माध्यमिक विद्यालय पोखरा १६ ले १५० अङ्क प्राप्त गरी प्रथम ,भारतीयभवन माध्यमिक विद्यालय पुरुन्चौरले १०० अंङ्क प्राप्त गरी दोस्रो भएको छ भने नारायणी आधारभूत विद्यालय ९० अङ्क प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको थियो।

पोखरा महानगरपालिका वडा नं. १६ र १९ मा संचालित सामुदायिक विद्यालय र माछापुछ्रे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई मध्यनजर गर्दै उनीहरूको बौद्धिक विकासका लागि राखिएको प्रतियोगिता मा भागलिन बिधालयहरुले फोनबाट नै दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको सो प्रतियोगिता विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफ्नै सभाहलमा गराएको थियो।

प्रथम हुने बिधालयलाई ४०००/-, दोस्रो हुने बिधालयलाइ २७००/-तृतीय हुने बिधालयलाई १८००/- सय पुरस्कारको व्यवस्था गरिएको हाजिर जवाफ प्रतियोगितामा चौधवटा विद्यालयहरुले भाग लिएका थिए सो हाजिरजवाफ प्रतियोगितामा १३३ वटा प्रश्न सोधिएको थियो।

हाजिर जवाफ प्रतियोगिता कार्यक्रमको नेतृत्व संयोजक गोविन्द शर्मा पौडेलले गर्नुभएको थियो भने सुरुवाति पहिलो सत्रको कार्यक्रम बिधालयको शिक्षक उमा अधिकारीले सन्चालन गर्नुभएको सो कार्यक्रममा उपस्थित विद्यार्थी भाइबहिनीहरु तथा शिक्षक हरुलाई स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी रामबहादुर बानिया र  प्रधानध्यापक कृष्ण प्रसाद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो।

सामुदायिक विद्यालयस्तरीय  हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले गर्नुभएको कार्यक्रमको अध्यक्ष ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त भट्टराईले गर्नुभएको थियो। दोस्रो सत्रको कार्यक्रम बिधालयको शिक्षक बबिता बानिया ले कार्यक्रम लाइ भब्य र सभ्य तरिकाले सञ्चालन गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: