Worldlink Communications

भलाम डाँडाखोर बहुउद्देश्यीय सहकारी संस्था लि.को अधिबेशन सर्वसम्मत सम्पन्न

मंसिर १६ , पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको भलाम डाडाखोर बहुउद्देशीय सहकारी संस्था लि.को ३२औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष तुलसी प्रसाद तिमिल्सिना सहित सर्वसम्मत समिति चयन भएको छ ।

अध्यक्ष तुलसी प्रसाद तिमिल्सिना खोर , उपाध्यक्षमा भरत बहादुर बस्नेत भलाम ,सदस्यहरूमा क्रमश: भीमबहादुर गुरुङ मौजा, शान्ति बास्तोला बिसौना कला अर्याल रयाले चौर , राधिका बास्तोलाले  रियाले चौर , निर्मला आचार्य फूलबारी , जीवन लामिछाने काहु , नारायण प्रसाद बास्तोला भलाम र मिलन जि सी खोर सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिति का संयोजक सूर्य प्रसाद आचार्य ले घोषणा गर्नुभएको थियो।

त्यसैगरी आजै लेखा समिति पनि चयन भएको छ जसअनुसार लेखा संयोजक हिमबहादुर बस्नेत भलाम हुनुहुन्छ भने सदस्य हरुमा बिष्णु प्रसाद लामिछाने काहु र युवा कुमारी पौडेल रयाले चौर निर्वाचित हुनुभएको छ।

संस्थाका अध्यक्ष कृष्णबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. २० का वडाध्यक्ष  गंग बहादुर केसीले आतिथ्यता ग्रहण गर्नुभएको थियो। सस्थाका  कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नुभएको थियो।

पानसमा बत्ती बालेर र ब्यानर मा हस्ताक्षर गरेर कार्यक्रम को उद्घाघाटन गर्नुभएका प्रमुख अतिथिले स सहकारीको बारेमा सबैले बुझ्न पाउने त्यस किसिमको शिक्षा लिन पाउनुपर्ने र सहकारीको सबै ज्ञानहरु सबै को घरघरमा पुग्नुपर्ने बताउनु भयो। सहकारी भनेको सबै मिलेर सहकार्य गरेर अगाडि बढ्नुपर्ने भएकोले सहकारी भनिएको बताउनुभयो। गाउँ घरमा गाउँ घरका दाजुभाईहरु मिलेर खोलिएका सहकारीहरु र बजारमा यत्रतत्र सर्वत्र खोलिएका सहकारीहरु बीचको भिन्नता पनि प्रष्ट पार्नुभएको थियो।

अध्यक्ष कृष्ण बहादुर खत्रीलेले अध्यक्षको प्रतिवेदन ,लेखा समिति का संयोजक हेम बहादुर बस्नेतले लेखा सुपरिवेक्षण को प्रतिवेदन लगायत सबैले आ आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण सदस्यहरुबाट उठाइएका बिषय पास भएको घोषणा गर्नको लागि फोलोरबाट ताली बजाउन लगाएर सो बिषयहरु सर्वसम्मत रुपमा पास गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: