Worldlink Communications

संघिय संसद दामोदर पौडेल बैरागी द्वारा जनजागृति आमा समूहको भवन उद्घघाटन

मंसिर १६ , पोखरा

आज पोखरामा नगरपालिका वड न.१९  तल्लाकोट मा करिब ४० लाखमा बनेको आमा समूहको भवन संघीय सांसद दामोदर पौडेल बैरागीले उद्घघाटनका गर्नुभएको हो।

जन जागृति आमा समुहका अध्यक्ष नीरा ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद दामोदर बैरागी आतिथ्यता गर्नुभएको थियो भने पोखरा महानगरपालिका वडा नं.१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बिषेश अतिथि को आतिथ्यता गर्नुभएको थियो।

कार्यक्रममा भवन निर्माण समितिको भिम कुमारी ढुंगाना, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीका पार्टीका वडाध्यक्ष हरु र जनप्रतिनिधिहरु विकास आचार्य , दुर्गा बस्नेत को आतिथ्यता मा भएको कार्यक्रमलाई संस्थाका सचिव कल्पना ढुंगानाले भव्य र  सभ्य तरिकाले सञ्चालन गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष शान्ति बास्तोलाले उपस्थित सबैलाइ स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरु लाई द्रौपदा बास्तोला र शोभा बास्तोलाले खादा र माला लगाई सम्मान गर्नुभएको थियो ।

जन जागृति आमा समुहको भवन निर्माण गर्ने सहयोगी मनहरु सबैलाई सम्मान गरिएको थियो। जनप्रतिनिधि दुर्गा बस्नेतले २०७० सालमा सिलन्यास भएको भवन आज आएर उद्घघाटन गर्न कति गाह्रो भएको होला उहाँहरु सबैलाई मनैदेखिनै सम्मान गर्छु भन्नुभयो  हाम्रो अगाडी नै हुनुहुन्छ भीमकुमारी दिदी बिषेश गरी म उहाँलाई र उहाको टिमलाइ सम्मान गर्छु भन्नुभयो।

त्यस्तैगरी नेकपा एमालेको तर्फबाट इमानराज पौडेलले आमा समूहको घर बनाउनको लागि भिमकुमारी दिदीको संघर्षले नै आज यो आमा समूहको घर बन्न सकेको बताउनुभयो।यो आमा समूह को घर नबनुन्जेल जहाँ देख्यो त्यही बिषय उठान गरिरहनुभएको दिदिको सपना पूरा भएको  बताउनुभयो।

विशेष अतिथ पोखरामा नगरपालिका वडा न.१९ का अध्यक्ष पुस्पे्द्र पाण्डे ले दुईवटा ठूला ठूला गाविसहरु मिलेर एउटै वडा बनेको हुनाले पनि जस्ताको तस्तै विकास देखाउन नसकिएको बताउनुभयो। हामिले सरल सजिलै भेट्न सकिने संसद पाएका छौं उहाँले पक्कै पनि यो वडा को विकासलाई राम्रोसँग बुझ्नु भएको छ भन्ने मैले नजिकै बाट बुझेको छु म पनि विकास कसरी गर्न सकिन्छ भनेर लागि रहेको नै छु भन्नूभयो।

प्रमुख अतिथि दामोदर बैरागीले जितेर गएपछि विविध कार्यक्रमहरु मा म आउछु  भेट्छु भनेर पनि भेट्न नसकेको अवस्था सम्झिदा क्षमा माग्नुभएको थियो। साँच्चै नै यहाँ भन्दा पूर्व साथीहरुले भने जस्तै हामी विकास गर्न आएको भन्नुभयो हामीले स-साना काम वार्ड बाट केहि ठुला कामहरु महानगरपालिका बाट र केही काम प्रदेश र ठुला कामहरु को सरलता को लागि पोखरामा नगर पालिकाको मातहतमा रकम विनियोजन गरेका हुन्छौं भन्नुभयो।

अहिले देशभर स्थिति सारै जटिल गएको ले गाली खाने बेला हो भन्नुभयो। फेरि पनि तपाईहरुले चुनेर पठाएको हुनाले तपाईहरुको अफ्ठेरो परेको समयमा मलाई सम्झनुस् भन्दै आमा समूहका नेतृहरु सँग अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्: