Worldlink Communications

लागु औषध सहित २ जना पक्राऊ

मंसिर १८,पोखरा

आज पोखरा ७ मासबारबाट लागुऔषध सहित २ जना प्रहरीको नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले आज मंसिर १८ गते लागु औषध बुर्फिन, डाइजापाम, फेनरागन र नाईट्रोभ्याट सहित २ जनालाई पक्राउ गरेको हो ।

लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा प्रहरी पुगेर खानतलासी गर्ने क्रममा रवि पौडेलको कोठाबाट फाईबरको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा बुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल, फेनारगन ३० एम्पुल गरी जम्मा ९० एम्पुल र नाईट्रोभ्याट ३० चक्की लागुऔषध प्रहरीले फेला परेको हो ।

जि प्र का कास्की का अनुसार लागु औषध सहित पक्राउ पर्ने हरुमा पोखरा ७ मासबार बस्ने ४२ बर्षिय रवि पौडेल र पोखरा २९ सैनिक बस्ती बस्ने ३५ बर्षिय रोशन गुरुङ छन।

 

 

प्रतिक्रिया दिनुहोस्: