Worldlink Communications

बाह्रौँ पोखरा महोत्सवको मिडिया पार्टनरमा आदर्श समाज दैनिककै ह्याट्रिक

पौष १० ,पोखरा

रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रा लिको उत्पादन बेटर होम एपलायन्सेस मुख्य प्रायोजक रहेको बाह्रौँ पोखरा महोत्सवलाई आदर्श समाज दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको छ ।

आदर्श समाजले आगामी पुषको २६ देखी माघको ८ सम्म पोखराको अमरसिंह माविको खेलमैदानमा हुने बाह्रौँ संस्करणको महोत्सवमा अफिसियल मिडियाको भुमिकमा रहेर महोत्सवको प्रचार प्रसार मार्फत साथ दिन लागेको बताइएको छ  ।

हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक यूनाइटेड क्लबका महासचिव तथा बाह्रौँ पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार र आदर्श समाज राष्ट्रिय दैनिकका बजार प्रबन्धक विष्णु प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले पोखरा महोत्सवलाई महोत्सवको सुरुवात बाटै सहयोग गर्दै आइरहदा बाह्रौँ संस्करण मा आइपुग्दा मिडिया पार्टनरमा रही सहकार्य गर्न पाउदा खुसी लागेको बताए । यूनाइटेड क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काम मार्फत अग्रणी स्थानमा रहेको यूनाइटेड क्लब संग सहकार्य गरेर आगाडी वढ्दा आदर्श समाजलाई समेत सहयोग पुग्ने उहाको भनाइ रहेको थियो ।

यूनाइटेड क्लबका अध्यक्ष तथा बाह्रौँ पोखरा मुल समारोह समितिका संयोजक राजु श्रेष्ठले आदर्श समाजले महोत्सवको स्थापना कालदेखीनै सहयोग गरिरहेको र बाह्रौँ संस्करणमा आइपुग्दा मिडिया पार्टनरमा पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि आयोजना गरिने भएकाले सम्पूर्णको साथ र सहयोग रहनेमा आफु कटिवद्ध रहेको वताए । बाह्रौँ संस्करणको पोखरा महोत्सवमा आदर्श समाज राष्ट्रिय दैनिक संगै अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजनले सहकार्य गर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवको टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स र महोत्सवको सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनु भयो  ।

प्रतिक्रिया दिनुहोस्: