Worldlink Communications

पोखराको पर्स्याङमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

पौष १०, पोखरा

पोखरा प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडी बागलुङ बसपार्कबाट जिरो कि. मी. तर्फ जादै गरेको बा १३ च ३७२१ नं. को कारले ठक्कर दिँदा दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

अन्दाज ००:५१ बजेको समयमा जिल्ला कास्की पोखरा महानगर पालिका वडा नं. ५ प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडी बागलुङ बसपार्कबाट जिरो कि. मी. तर्फ जादै गरेको बा १३ च ३७२१ नं. को कारले पैदल यात्रीलाइ ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको भए पनि अस्पतालमा लगेर मृत्यु घोषणा गरिएको हो।व.प्र.का. बैदामबाट प्र.ना.उ. राजेन्द्र श्रेष्ठ को कमाण्डमा १५ जना खटि गएको टोलीले  कार व.प्र.का. बैदामको नियन्त्रणमा लिइ बैदाम कार्यलय मा ल्याइसकेको र उक्त घटनामा संलग्न कार चालक १०गते ए. २१:२५ बजे जिल्ला कास्की माछापुच्छ्रे गा.पा. २ खादरजुङ्ग बस्ने बर्ष ३२ को भक्तराम गुरुङ व.प्र.का. बैदाममा आफै सम्पर्कमा आएको ।

प्रतिक्रिया दिनुहोस्: