Worldlink Communications

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

पौष १७, पोखरा

पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ ।

विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुनेगरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखा का नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिनुभयो।कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए ति मध्य ७ जना पोखरा महानगरका भएको बताइनु भयो।

आर्थिक वर्ष २०८०/८१ को साउन यता दुुई जना गर्भवती महिलाको मृत्यु भएको छ उहाँका अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्षमा  ६ हजार महिला सुुत्केरी हुन्छन् भन्ने अनुमान गरेको बताउनुभयो। गत आर्थिक वर्ष २०७९/८० मा पोखरा सहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरिक्षक श्रेष्ठले बताउनुभयो।

मातृ मृत्यु दर कमगर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समिति रहने र उक्त समितिले मातृ मृत्यु हुनुको कारण बारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने ब्यवस्था गरिएको छ ।

उप्रमुुख मञ्जुुदेवी गुुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्युनिकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्ता सम्मको नवजात शिशुको मृत्युु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिने बारे जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताउनुभयो । पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिनेगरी कार्यक्रम जनसमुुदायमा पुु-याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताउनुभयो । उहाले मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्वि गर्ने र पूूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्ने बताउनुु भएको।

गभर्वती महिलाको मृत्यु हुने वित्तिकै त्यसको बारेमा अध्ययन गर्ने चिकित्सकले के कारण मृत्यु भयो भन्ने बारेमा पत्ता लगाउने र समिति समक्ष प्रतिवेदन प्रस्तुत गरेपछि आगामी कार्ययोजना तयार बैठकले गर्ने नर्सिङ निरिक्षक श्रेष्ठले बताउनुभयो।

उपप्रमुख मञ्जुदेवी गुुरुङ संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य कार्यक्रममा सदस्य लगाएत पोखरा महनगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य, सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, निजि अस्पतालहरुको प्रतिनिधिबाट चिकित्सक जुनु श्रेष्ठ, कजए साइन्मेन्ट चिकित्सक डा. नवीन श्रेष्ठ सदस्य रहेका छन् भने सदस्य सचिमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ निरिक्षक सविना श्रेष्ठ सहित सात सदस्यीय समिति रहेको छ ।

महिलाहरुलाई गर्भवती हुदा जाँच गर्दा फरक फरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै मनाउने बारेमा सुुझाव समेत दिइएको छ । नीजि स्वास्थ्य संस्थाको प्रतिनिधित्व गरेकी मणिपाल शिक्षण अस्पतालकी चिकित्सक जुुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारिरिक रुपमा तयार छ की छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताउनु भएको थियो । महिलाको वास्तविक अवस्था बारे नबुुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताउनुभयो  ।

मातृ मृत्युदर मानसिक स्वास्थ्य र विभिन्न रोगकका कारण बढेको बताउनुभएको हुनाले जनचेतनामुुलक कार्यक्रमको खाँचो रहेको बताउनुभयो । उपप्रमुख मञ्जुदेवी गुुरुङले मृत्युुको कारण पत्ता लगाई त्यसको न्यूूनिकरणमा सचेतना मुलक कार्यक्रम संचालन गनुुपर्नेमा जोड दिनुपर्छ भन्नुभयो ।पछिल्लो समय शिक्षित भनिएका गर्भवती महिलाहरुको मृत्यु हुने गरेको बताउदै स्वास्थ्यका बारेमा सचेत बनाउनुुपर्ने अवस्था रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्: