Worldlink Communications

छोरेपाटन मा.वि.ले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ

पौष १८ पोखरा

पोखरा महानगरपालिका वडा नं. १७  छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयले आफ्नो  ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रम सहित आफ्नै  विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गर्नुभयको  थियो ।छोरेपाटन माध्यमिक विद्यालयले कास्की जिल्ला कै शैक्षिक क्षेत्रको विकासमा अग्रणीभूमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो  ।

सो अवसरमा विशेष अतिथि पोखरा १७ का वडा वडाअध्यक्ष राधिका शाही योगी,सल्लाहकार तिर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी लगाएतले  मन्तव्य राख्नु भएको थियो  ।विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रतिवेदन र
लेखा अधिकृत छविलाल पनेरुले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयलाई सहयोग गर्ने र अक्षयकोष स्थापना गर्ने महानुभावहरुलाई  सम्मान पत्र, दोसल्ला द्धारा सम्मानित गरिएको थियो ।त्यस्तै २५ वर्ष शिक्षण गर्ने खेमराज बराललाई दीर्घ सेवा पदक सम्मान र विद्यालयका तर्फबाट विभिन्न खेलमा सहभागी भई पुरस्कार ल्याउन सफल खेलाडी हरु नारायणी भण्डारी र तेन्जिङ रोकालाई सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत मन्तब्य राख्नु भएको कायक्रमको संयोजन सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले गर्नुभेको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो  ।

 

प्रतिक्रिया दिनुहोस्: