Worldlink Communications

जिल्ला स्तरीय बक्तित्वकला तथा नृत्यकलामा शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

पौष २१ पोखरा

कास्की जिल्लाभित्र रहेका विद्यालयहरूमा अध्यापन तथा अध्ययनरत शिक्षक र विद्यार्थीहरु को प्रतिभा पहिचान गर्न जिल्ला स्तरीय वक्तित्वकला तथा नृत्यकला प्रतियोगिता सामाजिक विकास कार्यालय कास्कीको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कास्कीको समन्वयमा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाई का प्रमुख लोकनाथ आचार्यले गर्नुभएको थियो ।कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो। त्यस्तैगरी विशिष्ट अतिथिहरूमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चिले आतिथ्यतागर्नुभएको थियो।

कार्यक्रमको अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका कार्य वाहक प्रमुख अम्बिकाप्रसाद आचार्य, शिक्षा विकासकै उपनिर्देशक घनश्याम पौडेल, तोयनाथ लम्साल,सामाजिक विकास तथा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापा, वक्तित्व कला  मूल्याङ्कन समितिका संयोजक सह प्राध्यापक डाक्टर यमनाथ तिमिल्सिना, नृत्यतर्फ मूल्याङ्कन समितिका संयोजक प्राज्ञ जसमया गुरुङ लगायत विभिन्न संघ संगठनमा आबद्ध अध्यक्षहरू, प्याप्सन एनप्याब्सन का प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो।

प्रमुख अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेललेबाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। वक्तित्वकलातर्फ शिक्षकले “शिक्षकले म विद्यार्थी का लागि विद्यार्थी मेरा लागि” भन्ने शीर्षकमा हिमाल पौडेल हिमालय आ.वि. मादी ,जुना थापा सिद्ध मा.वि. पोखरा राजु कुमाल विश्व शान्ति मा.वि रूपाले आफ्नो वक्तित्वकला प्रस्तुत गर्नुभएको थियो भने नृत्य तर्फ करिना पौडेलको टिम लक्ष्मी मा.वि अन्नपूर्ण, संगीता गुरुङको टिम माछापुच्र्छे मा.वि, निरुपा शाहीको टिम रुपाका विभिन्न स्कुलहरू र दिपिका भुषाल ताल बाराई मा.वि पोखराले आफ्नो उत्कृष्ट वक्तित्वकला र नृत्यकला पेश गर्नुभएको थियो।

त्यस्तैगरी विधार्थीहरु को तर्फ बाट  “समावेशी सीपमूलक शिक्षा स्वदेशमा युवा राष्ट्रको इच्छा”भन्ने शीर्षकमा आफ्नो वक्तित्वकला सन्तोष लम्साल माछापुच्छ्रे मा.वि, होलिसा गुरुङ बहादुरे मा.वि अन्नपूर्ण, सौरभ पौडेल संस्कृत मा.वि पोखरा, कृतिका पराजुली मदरल्यान्ड मावि पोखरा ,विदुर अधिकारी शिवालय मा.वि रुपाबाट र त्यस्तैगरी नृत्यतर्फ  एलिना गुरुङको टिम माछापुछ्रे बाट, होम कुमारी राणा मगरको टिम रुपा बाट, अनुराधा रानाभाटको टिम सरस्वती मावि पोखराबाट र गुरुङको टिमले आफ्नो उत्कृष्ट वक्तित्वकला र नृत्यकला पेश गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश पौडेलले खस्कदै गएका मन भित्र का विचारहरूले केही गर्न सकिँएन भन्ने सोच आइरहेको यो परिवेश मा यस कार्यालयले शिक्षकहरूलाई उठाउन र विद्यार्थीहरूलाई दौडाउन को लागि रचनात्मक र डाइनामिक शीर्षकहरू राखेर शिक्षक शिक्षक बीचमा आवश्यक प्रतिस्पर्धा विद्यार्थी विद्यार्थी बीचमा आवश्यक प्रतिस्पर्धा गराएर प्रतिभा पहिचान कार्यक्रम राखेर आफैमा उत्कृष्ट भएको बताउनुभएको थियो।

यस प्रकारका कार्यक्रमहरुले विद्यार्थी र शिक्षकहरू लाई सबैले सबैलाइ आआफ्नो जिम्मेवारी बोध गर्न सक्ने बनाएको जिम्मेवार बनाएको र कार्यक्रम आयोजकहरुले पनि आगामी दिनमा आफ्नो जिम्मेवारी बोध गर्न र आत्मसमीक्षा गर्न सिकाएको हुनाले यि र यि जस्तै रचनात्मक कार्यक्रम आगामी दिनमा पनि भइरहनुपर्ने निरन्तरता पाइरहनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई सामाजिक विकास तथा स्वास्थ्य कार्यालय कास्की का प्रमुख इन्द्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम शिक्षक ज्ञानबहादुर थापाले सञ्चालन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: