जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्राको २०६औ श्रृङ्खला सम्पन्न

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्राको २०६औ श्रृङ्खला सम्पन्न

परिबर्तन न्युज
२१ पुष २०८० बजे
परिबर्तन न्युज
२१ पुष २०८०

पौष २१, पोखरा

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने मूलमन्त्र लिई २०६२साल असारदेखि निरन्तर संचालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को २०६औं शृंखला पोखरा-५, मालेपाटनमा अवस्थित मनकामना मन्दिरको परिसरमा सम्पन्न गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालले ‘धार्मिक सांस्कृतिक संस्थाहरु र साहित्यकारहरुले गर्ने कामको अन्तर्वस्तु भनेको देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवं बिकाश हो भन्नुभएको थियो । बिभिन्न ठाउँमा गइ कार्यक्रम गर्नु प्रशंसनीय काम भएको र दुई दशकदेखि निरन्तर कार्यक्रम गर्नु आँफैमा चुनौति भएको” भनि प्रशंसा गर्नुभएको थियो।

यात्राका परिकल्पनाकार मध्यका एक लक्ष्मण थापाले  बिभिन्न ठाउँमा गइ तत्स्थानमा सिर्जना गरिएका रचनाहरु वाचन गर्ने यस कार्यक्रमले सर्जकहरुलाई पनि नयाँ विषयवस्तु प्राप्त हुने र ती ठाउँहरुको पनि प्रचार हुने भएकोले यस यात्राले पर्यटकीय प्रवर्धनमा पनि मद्दत पुग्ने” कुरा बताउनुभएको छ।

Advertisement:Ad
Advertisement:Ad

नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ,कास्कीका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ श्रीराम अधिकारी गोर्जे, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, शोभाकान्त गौंडेल , त्रिलोचन सापकोटा, चित्रप्रसाद बराल रामप्रसाद पौडेल, मेघनाथ कुँवरले रचना वाचन गर्नुभएको थियो ।

गजलसन्ध्याका सदस्य माधव खतिवडा र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालको संयुक्त अध्यक्षतामा संचालित कार्यक्रमको संचालन गजलसन्ध्याका सचिव त्रुपकले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज