Worldlink Communications

घर जग्गा कर बढाएको भन्ने एजेन्डा नै नराखेपछि पोखरा कार्यपालिका बैठक स्थगित

पौष २५, पोखरा

पौस २९ गते पोखरा महानगरको हिउँदे सभा बोलाइएको हुदा त्यस अघि कार्यपालिको सभाबाट नगरसभा मा प्रस्तुत हुने कार्यसूची पास गर्न बोलाइएको कार्यपालिकाको बैठक स्थगित भएको छ।

जनताहरूले ४००/५०० प्रतिशत घर जग्गा कर बढाएको भन्ने विषय नै एजेन्डा नराखेपछि पोखरा कार्यपालिका बैठक स्थगित भएको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकमा कर घटाउने एजेन्डा नराखेपछि नेपाली काग्रेसका वडाध्यक्षहरु बैठकमा सहभागीता नजाउने भन्दै बहिरियपछि एकाएक बैठक स्थगित भएको थियो ।

पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूले मंगलबार बस्ने कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा राख्नु पर्छ भन्ने बिषयलाइ महानगरपालिकाले बेवास्तागर्दै कर घटाउने सम्बन्धी एजेन्डा नराखेपछि वडाध्यक्षहरूले बैठकमा सहभागी हुन नसक्ने मेयर धनराज आचार्यलाई बताउदै महानगरबाट निस्किएका वडाध्यक्षहरु ले हामीलाई बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्: