Worldlink Communications

पोखरा २५ हेम्जा लामपाटाको बाटो उद्घघाटन गर्दै पूर्वमन्त्री -रामजी बराल

माघ २१ , पोखरा

पोखरा महानगरपालिका वडा न. २५ हेम्जा लामपाटामा करिब ५० लाख को लागतमा बनेको ढलान बाटोको उद्घघाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आज एक कार्यक्रमका बीच गर्नुभयो।

सुनौलो टोल विकास समितिका अध्यक्ष बुद्धिबहादुर गुरुङ को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले गर्नुभएको थियो भने विशेष अतिथिहरूमा नेकपा माओवादीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला भूमि आयोगका अध्यक्ष गंगाप्रसाद पोखरेल, महानगर पालिकाका प्रवक्ता पोखरा २५ हेम्जाका वडा अध्यक्ष मोतीराज तिमिल्सिनाले आतिथ्यता गर्नुभएको थियो।

त्यस्तैगरी अतिथिहरुमा भोजराज पौडेल, आरती अधिकारी, रमेश देउजा, माओवादी केन्द्रका वडा सभापति माधव अधिकारी, नेपाली कांग्रेसका वडा पार्टी अध्यक्ष मधुसुदन त्रिपाठी, नेकपा एमालेका ऋषिराम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत अधिकारी भोजराज पौडेल, आरती अधिकारी, रमेश देउजा, लगायतका स्थानीय बासीहरूको उपस्थितिमा भएको कार्यक्रम संस्थाका सचिव सुरेश बहादुर सापकोटाले सञ्चालन गर्नुभएको थियो भने सस्थाका उपाध्यक्ष ललित गौचनले स्वागत मन्तव्य दिनुभएको थियो।

ब्यानरमा साइन गरेर बाटोको उद्घाटन गर्दै प्रमुख अतिथि रामजी प्रसाद बरालले लामपाटाका जनताहरू अब तपाईँहरू रैथाने भइसक्नु भएको छ बताउनुभयो। तपाईहरु विकासको प्राय हो नमुना हो, तपाईँहरूमा केही गरौं भन्ने भावना छ त्यसैले त यहाँको विकास द्रुत गतिमा भएको देखिएको छ अझै भएको देख्न चाहन्छौं भन्नुभयो फुटेर होइन जुटेरनै जितेको इतिहास छ भन्नुभयो।

जहाँसम्म लालपुर्जाको जग्गा जमिनको कुरा छ सरकारले तपाईहरु लाई लालपुर्जा नदी कुनै पनि हालतमा सुख छैन जसै लालपुर्जा पाउनुहुन्छ भन्नुभयो ढुक्क हुन आग्रह गर्नुभयो  हिजोका अप्ठ्यारा दिनहरूमा तपाईहरुको धेरै साथ माया पाएको र अब पनि पाउने आशा व्यक्त गर्नुभएको थियो।

विकास भनेको एकैपटक हुने चिज नभएको हुनाले तपाईँहरूले २०५२/५३ सालदेखिबाट नै विकासको पर्खाइ सँगै अगाडि बढ्ने धैर्यतालाई उच्च सम्मान गर्दै हामीप्रति देखाउनुभएको सहानुभूतिको पनि सम्मान गर्छु भन्नुभयो। तपाईहरु अब यहाँको रैथाने हो भन्दै जसले ३०औ वर्षअघिदेखि यो माटोलाई सिंचित गर्यो माया गर्यो आज त्यही माटो तपाईहरुबाट टाढा हुन्छ ! कल्पना पनि गर्न सक्दिन भन्नुभयो।

माओवादी भनेको विकास हो  परिवर्तन हो भन्दै अप्ठ्यारो परिवेशमा तपाईहरुले दिएको अदम्य साहसले नै नेकपा माओवादी यहा सम्म आएको बताउनुभयो। माओवादी विचार हो भन्दै यो कहिल्यै पनि नमर्ने नसकिने र नथाक्ने सिद्धान्त भएको हुनाले हामिले छाडेपनि अरु कसैले अगाडि बढाउँछ बढाउँछ भन्नुभयो ।

आज देश अप्ठ्यारो परिबेषमा गुज्रिरहेको महसुस गरिरहेको छ । यो समय मा कसैले पनि भद्र हेर्न नहुने बताउँदै यो बेलामा यो समयमा नेकपा एमाले ,नेपाली कांग्रेस र नेकपा माओवादी मिलेर पुरातनवादीहरु नजानिदो किसिमले गरिएको गर्न खोजिएको तर्क वितर्कहरूलाई निष्काम गराउन को लागि सब एकजुट हुनुपर्ने बताउनुभयो।

लाम्पाटाको विकासमा मात्र नभई आफूले पूरै हेम्जाको विकासको बृहत बाटो खनेको मार्ग प्रशस्त गरेको हुनाले मलाई काम गरेर देखाउन मन लाग्छ भन्नुभयो। गण्डकी प्रदेशको अर्थमन्त्री हुँदाको कुरा सम्झिदा आफूलाई करोडौं कमाउने अवसर मिलेको तर त्यस्तो कुतत्वहरुलाइ आफूले दुत्कारेर पठाएको अनुभव सुनाउनुभएको थियो ।

पछाडि बाट कसै कोसैले भन्ने गरेका होलान् अर्थमन्त्री हुँदा बनाएको घर त अलिशान छ नि ! सबै कुरा पुगिसरी छ नि ! भनेपनि मन्त्री र संसदबाट आफू बाहिरिँदा ऋण बोकेर संसदबाट बाहिरिएको तितो सत्य को कथाको रुपमा लाई जनतालाइ विश्वास दिलाउन खोज्नुभएको थियो।

कास्की जिल्लाका भूमि आयोगका अध्यक्ष गङ्गप्रसाद पोखरेलले पोखरा महानगरपालिका वडा कार्यालय लगायत स्थानीय जन प्रतिनिधिहरू सबैले मनमा कुनै पनि क्लेस नराखिकन जनतालाई लालपुर्जा दिनुपर्छ भन्ने मान्यताले उठेमा भूमि आयोगले कुनै पनि समय नलगाइकिन तपाईहरुको हातमा लालपुर्जा उपलब्ध गराउन सक्छ। त्यति मात्र होइन हामीहरुले केही ठाउँमा लालपुर्जा दिइसकेको पनि उदाहरण छ भन्दै जनतालाई विश्वास दिलाउनु भएको थियो।

महानगरपालिकाका प्रवक्ताका रूपमा वडा नम्बर २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनाले लामपाटाका जनताहरू साच्चै नै विकास प्रेमी भएको सप्रमाण वडाले छुट्याएको दुई लाख बजेट बाट चौतारो बनाउने भनिएकोमा उहाँहरुले ३ लाखको भन्दा बढी काम गरेर देखाइदिनु भएकोमा खुसी व्यक्त गर्नुभयो। र जनताको चासो भयो भने आखिर के गर्न सकिँदैन र भन्दै स्थानीय बासीहरूको प्रशंसा गर्नुभएको थियो। बाटो हेर्दा सफा चट्ट परेको प्रवेश सुहाउँदो सबै मिलेको सबै मिलेर बसेको यहाँ भन्दा अरु के हुनसक्छ भन्दै प्रशंसा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: