Worldlink Communications

रेडियो अन्नपूर्णको गोल्डकप महापण्डित विजेता बने सन्जोक भट्टराई

पोखरा माघ २१

रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका बिजेता  कास्कीको रुँपा गाउपालिका ७ का सन्जोक भट्टराई बन्न सफल हुनुभएको छ ।

पोखरामा माघ ९  गते देखि २०  गतेसम्म सञ्चालन भएको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा मध्येबाट गोलाप्रथा मार्फत भट्टराई वजेता बन्न सफल हुनुभएको हो ।
आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनलाई रेडियोका प्रवन्ध निर्देशकद्धय विजेश पालिखे र बरदान लामा,स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका महासचिव राम्जीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स अफिसर बमबहादुर बराल, , वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, रेडियोका जनरल म्यानेजर नारायण पौडेलले संयुक्त रुपमा भट्टराईलाई ३२ इन्चको वेगा टेलिभिजन, सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट  र  एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गर्नुभएको हो ।

सहारा क्लब पोखराका महसचिव राम्जीप्रसाद अधिकारीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे । रेडियोले गर्ने सामाजिक कार्यमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाले भविष्यमा पनि सहकार्य हुने हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताउनुभयो । रेडियो कायक्रमले गर्दा पनि प्रतियोगतालाई थप सहयोग पुगेको र  आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो  । रेडियोका निदेशकद्धय बिजेश पालिखे र बरदान लामाले  कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रायोजकहरुलाई धन्यवाद दिनुभएको थियो  ।

बिजेता भट्टराईले आफूले सोंच्दै नसोंचेको उपहार परेको भन्दै अप्रत्याशित खुशी मिलेको बताउनुभएको थियो ।पहिलोपटक रेडियोबाट फोन गरेर टिभी परेको खबर दिदा आफूलाई विश्वास गर्नै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले त्यसपछि परिवारलाई बताउँदा सबै खुशी भएको बताउनु भएको थियो । साथै उहाँले सहारा क्लवले आयोजना गरेको आहा ! रारा गोल्डकप र त्यसलाई सघाउन रेडियो अन्नपूर्णले गरेको योगदान अतुलनीय रहेको बताउनु भएको थियो ।

प्रतियोगिता अवधिभर रेडियोले हरेक दिन साँझ ६ः४५ देखि ७ः१५  आहा ! रारा पोखरा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै हरेक दिनको प्रश्नको सही उत्तर दिने मध्येबाट अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरएिको थियो ।माघ ९  गते देखि २० गतेसम्म सञ्चालन भएको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टिमको सहभागिता रहेको थियो । पाँचपटक उपाधि विजेता थ्री स्टार क्लबलाई ३–० ले हराएर त्रिभुवन आर्मी फुटबल क्लब च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्: