Worldlink Communications

सच्चाई केन्द्रका अध्यक्ष सँग ५ करोड फिरौती माग गर्ने २ जना जिप्रका कास्कीद्वारा सार्वजनिक

माघ २५,पोखरा

पोखरा महानगरपालिका वडा न. १६ को दीपस्थित सच्चाई केन्द्रका अध्यक्ष प्रकाश दिप गैरे सग ५ करोड फिरौती मागेको आरोपमा २  जना कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ पर्नेमा पर्वत कुस्मा खुर्कोट घर भएका ३६ वर्षिय लक्ष्मण दर्जी र सोही स्थानमा घर भएका ४२ वर्षिय दीपकबहादुर क्षेत्रीलाइ हिजो बुधबार बेलुकी पख पोखरा महानगरपालिका वार्ड नं ८ सिमलचौर जाल्पा मन्दिरस्थित डेरा गरी बसेका दुई जनालाइ आज बिहिबार  एक पत्रकार कार्यक्रममा कास्की प्रहरीले सार्वजनिक गरेको हो।

पोखरा महानगरपालिका–१६, मा रहेको सच्चाई केन्द्रको केन्द्रीय अध्यक्ष हजारौँ मानिसहरूको भिडमा आफूलाई सामाजिक व्यक्तित्वको रुपमा देखाइरहन सक्ने सामर्थ्य राखेका प्रकाशदीप गैरेलाई एकाएक माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएर कहिले ६ करोड त कहिले तीन करोड हुँदै फेरि ५ करोड फिरौती मागेर हैरान पारेपछि कास्की प्रहरी सँग सहयोग मागेका प्रकाशदिप गैरेले अन्तत सुरुवाती न्याय पाउनुभएको छ। हिजो बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

लक्ष्मण दर्जी ४ वर्ष कतार बसेर १ महिना अघि फर्किएका हुन भने दीपक बहादुर क्षेत्री भने बेरोजगार भई नेपालमै बसेका हुन् । प्रहरी का अनुसार पर्वत कुस्मा घर भएपनि उनीहरू एक महिना अगाडिदेखि पोखरामै बस्दै आएका र दुबै जनाले फोन तथा म्यासेजबाट हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो।उनीहरू बाट गाँजा , हतियार,  खुकुरी र मोबाइल तथा नेपाल र भारतका सिम बरामद गरिएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताउनुभयो ।

फोन तथा एसएमएसमार्फत प्रकाशदीप गैरेसँग ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । त्यो म्यासेज पनि हामीले पाइसकेको र फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको मेसेज हामिले हरुले प्रयोग गरेको सिम कार्ड र मोबाइलबाट स्पष्टसँग पढ्न पाइयो सुन्न पाइयो भन्नुभयो

उनीहरूको योजनाअनुसार सच्चाई सेवा केन्द्र चलाइरहेका प्रकाश गैरेले सच्चाई केन्द्रले गरेका गतिविधिहरू सामाजिक सञ्जाल युट्युबबाट हेरेकै आधारमा गैरेबारे सम्पूर्ण जानकारी लिइसकेपछि उनी पैसा दिन सक्ने व्यक्ति भएको अनुमान गरी दर्जी माघ १३ गते सच्चाई केन्द्र गएका थिए । ‘त्यहाँ १–२ घन्टा बसेर बसेर गैरेको टेलिफोन नम्बर लिएर आएको एसपी थापाले बताउनुभयो।

गैरेको नम्बर पत्ता लगाइसकेपछि उनीहरुले माघ ११ गते पहिलो पटक हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा उनीहरुले आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न र उक्त पैसा दिने ठाउँ र समय आफूहरुले तोक्ने सबै कुरा म्यासेजमा बताएका थिए । धम्की दिइसकेपछि त्यसको असर कतिको परेको छ भनि पटकपटक दीपस्थित सच्चाई सेवा केन्द्रमा पुगेको बसेका एसपी थापाले बताउनुभयो।

एसपी थापा भन्नुहुन्छ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएको सूचना आएपछि हामि एकहप्तादेखि पिछा गरिहेका थियौं त्यही क्रममा २४ गते भने उनीहरु पक्राउ परेका हुन । पक्राउ परेका उनिहरुले विभिन्न ‘कोड’ भाषा प्रयोग गरेको प्रहरीले जनाएको छ । ‘बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको सामग्रीसमेत फेला परेको एसपी थापाले बताउनुभयो ।

एसपी थापाले उनीहरूलाई विभिन्न तिन किसिमका मुद्दा चलाउन सकिने जानकारी पनि सो पत्रकार भेट कार्यक्रममा जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्: