Worldlink Communications

पोखरा २० भलाम ले २४ यूवा लाइ ड्राइभिङको तालिम दिँदै

फागुन ५ पोखरा

पोखरा महानगरपालिका वडा न. २० भलाम भित्रका हरेक टोल बिकास समितिको सिफारिशमा बढिमा एकजना गरिब तथा बेरोजगार एक जना यूवालाइ एक महिने चार पाङ्रे सवारी साधन चलाउने तालिमको व्यवस्था गरेको छ।

वार्ड नं.२० ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत बिपन्न बर्गका युवाहरुलाइ लक्षित गरि भबिश्यमा केहि यूवाहरु लाइ स्वरोजगार बनाउन सकियोस भन्ने हेतुले चार पाङ्रे सवारी साधन तालिम कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष गङ्गा बहादुर के.सि बताउनुभयो।

फागुन ३ गते समुद्घाटन गरिएको सो कार्यक्रममा २२ वटा टोल बिकास समितिबाट एक टोल बिकास समिति एक जना यूवा पर्ने गरि सिफारिस गरिएको भएपनि २ जना यूवा थप गरि २४ जना यूवाहरुलाइ कार्यक्रममा सहभागी गराइएको वडा सदस्य गन्जमान गुरुङले बताउनुभयो ।

फागुन ३ गते उद्घघाटन भएको कार्यक्रम वडाध्यक्ष गङ्गा बहादुर के. सि. को अध्यक्षतामा भएको थियो भने कार्यक्रम वडा सचिव हरिकृष्ण आचार्यले सन्चालन गर्नुभएको थियो भने २४ जना यूवालाइ सो सिप सके बापत लाग्न  खर्च करिब  तिन लाख वडा कार्यालय बाट फरर्स्युट गरिने जानकारी वडा सचिव हरिकृष्ण आचार्यले जानकारी दिनुभयो।

चुनिएका/ छानिएका युवाहरूलाई ड्राइभिङ प्रशिक्षण कार्यक्रम आइतबार देखि सयपत्रि चोक नजिकै रहेको ABC ड्राइभिङ इन्स्टिच्युट मा ब्यबस्था गरिएको महिला वडा सदस्य मिना पौडेलले जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: