Worldlink Communications

गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास (VOIP) गर्ने २ जना मानिस पक्राउ

फागुन ११, पोखरा

गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास (VOIP) गर्ने २ जना मानिस पक्राउ परेका छन।

नेपाल सरकारको कुनैपनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (VOIP) संचालन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा तालुक केन्द्रिय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक नगरपालिका वडा नं.४ स्थायी वतन भई हाल जिल्ला कास्की पो.म.न.पा. वडा नं. ११ फुलवारी बस्ने वर्ष २७ को ईमरान अहमद र जिल्ला पर्सा घर भइ हाल सखुवापसौंनी गा.पा. वडा नं.०५ स्थायी घर भई जिल्ला कास्की पो.म.न.पा. वडा नं. ११ फुलवारी बस्ने वर्ष ३७ को बिशाल साह कलवार पक्राउ परेका हुन।

उनिहरुकोसाथबाट १२८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल वाइपास (VOIP) गरि रहेको अवस्थामा अवैध VOIP मा प्रयोग गरिएका विभिन्न उपकरणहरूमा ६४ पोर्ट भएको अवैध कल बाईपास (VOIP) गर्ने उपकरण गेटवे १ थान, सो उपरकरणमा जडान भएको सिमहरु ६४ थान र सोको चार्जर १ थान ६४ पोर्ट भएको अवैध कल बाईपास (VOIP) गर्ने उपकरण गेटवे १ थान सो उपरकरणमा जडान भएको सिमहरु ६४ थान र सोको चार्जर १ थान विश्व लिङ्क राउटर स्टेशन १ थान।

UPS १ थान एक्स्टेन्सन कर्ड स्टेशन १थान नेट फाइबर तार स्टेशन २ थान Pendrive थान-१ Apple कम्पनीको मोवाईल थान -१ Vivo कम्पनीको मोवाईल थान-१ परिचय पत्र स्टेशन -3 चेक बुक थान-२ निल सिम स्टेशन-५९७ बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: