Worldlink Communications

बिन्ध्यश्वरी युवा क्लब पोखरा-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता आजबाट शुरु

फागुन २१ ,पोखरा

बिन्ध्यश्वरी युवा क्लब पोखरा महानगरपालिका-१९ द्वारा आयोजित भलिबल प्रतियोगिता आजबाट पोखरा १९ तल्लाकोट ठाटीमा शुरु भएको छ ।

बिन्देश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गर्नुभएको थियो भने अतिथिहरू दीपक पौडेल, गणेश आचार्य, विकास आचार्य, गोविन्द प्रसाद आचार्य ,नीलकण्ठ बास्तोला ,खिमलाल बास्तोला, शंकर ढुङ्गाना, चेतनाथ गौतम लगायतका व्यक्तित्वहरूको उपस्थितिमा भएको कार्यक्रम रजत जयन्ती समारोहका महासचिव तथा क्लबका पूर्व अध्यक्ष मिनराज ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो।

श्री बिन्देश्वरी युवा क्लब पोखरा १९ तल्लाको ठाँटीको रजत जयन्ती समारोहको शुभ उपलक्ष्यमा स्मारिका प्रकाशन सांस्कृतिक कार्यक्रम तथा पुरुष भलिबल प्रतियोगिता २०८० को उद्घघाटन कार्यक्रम का प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले पानसमा बत्ती बालेर गर्नुभएको थियो भने राष्ट्रिय गीत, सहिदहरु प्रति मौन धारण गरेर सम्मान गरिएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राम आचार्यले आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सफलतासँगै शुभकामना व्यक्त गर्ने सम्पूर्ण व्यक्तित्व हरूले हरेक वर्ष गरिने यस किसिमको कार्यक्रमले युवाहरूको लागि केही गर्नुपर्ने विचार राख्नुभएको थियो ।त्यस्तैगरी आजका प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले युवाहरुले गरे के हुन्न भन्ने विषयको उठान गर्नु भयो अबका युवाहरुले जुनसुकै संस्थामा भएपनि नेतृत्व गर्न सक्ने क्षमता राख्नुपर्दछ भन्नुभयो। जसले गर्दा पछिल्लो दिनमा देसमा व्याप्त उब्जिएका समस्यालाइ समाधान गर्न सक्ने राम्राे युवा व्यक्ति बन्न सक्ने  धारणा पनि राख्नुभएको थियो। जुनसुकै संस्थामा रहेर पनि काम गर्न सक्ने भएपछि नेतृत्व विकास हुने कुरामा कुनै दुई मत नभएको बताउनुभयो।

कार्यक्रमको शोभा बढाउनको लागि स्थानीय आमाबुवाहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय बुद्धिजीवी लब्ध प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति थियो। फागुन २१ गते बाट सुरु हुने पुरुष भलिबल प्रतियोगितामा गाउँ स्तरीय २८ वटा टिमहरू दर्ता भएका छन् भने फाइनल गेम २६ गते हुने आयोजक संस्थाका कोषाध्यक्ष यामबहादुरले बताउनुभएको थियो।

खेललाई मर्यादित अनुशासित बनाउनको लागि सुरक्षा कर्मीहरूको उपस्थिति देखिन्थ्यो भने खेल खेलाउने एम्पायरहरूको पनि उत्तिकै सक्रियता र अनुशासित भएर खेलाउन प्रतिबद्ध हुनुभएको आजको प्रथम गेमको दिनमा आयोजकले भैपरि आउने सम्पूर्ण अवयवहरु घटनाक्रमहरुलाई ध्यान दिँदै सम्पूर्ण तयारी गरिसकेको संस्थाका अध्यक्ष थमबहादुर केसीले बताउनुभयो।

 

 

 

प्रतिक्रिया दिनुहोस्: