Worldlink Communications

बिन्देश्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा २३ टिमले सुरुवाती प्रतिस्पर्धा गरे

फागुन २४ , पोखरा

पोखरा १९ तल्लाकोट ठाटीमा फागुन २१ गते बाट २६ गते सम्म जारिरहने बिन्देश्वरी युवा क्लब द्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा २० देखि २५ टीमले भाग लिने भनिएपनि २३ टीमले दर्ता गराएकोमा आज चौथो दीन सेमीफाइनल गेम सकिएको छ।

बिन्देश्वरी युवा क्लब पोखरा १९ को आयोजनामा तल्लाकोट ठाटीमा जारी प्रतियोगितामा विहीबार सम्म  भएको सेमीफाइनल खेलमा फागुन २१ गते सोमबार कार्यक्रमको उद्घाटन पछि सुरुभएको खेलमा आयोजक टिम बिन्देश्वरी युवा क्लब ‘ए’ र बिन्देश्वरी मा.वि बीच भएको खेलमा  आयोजक टिम बिन्देश्वरी युवा क्लब ‘ए’ ले विजय हात पारेको छ ।

फागुन २२ गते मंगलबार भएको खेलमा बिन्ध्यबासिनी ‘बि’ बाझोखेत र डाँडागाउँ यूवा क्लव भलाम बीच भएको भिडन्तमा बिन्ध्यबासिनी ‘बि’ बाझोखेत ले विजय हात पारेको थियो। फेरि भेटौंला साँखु ल्वाङ घलेल र अर्मला युवा क्लब अर्मला बीच भएको खेलमा  फेरि भेटौला साँखु ल्वाङ घलेले विजय हात पारेको थियो। हिमाली डाँफे युवा क्लब, करुवा र जेसी युथ क्लब गर्लाङ बिच भएको खेलमा जेसी युथ क्लब गर्लाङले विजय हात पारेको थियो। त्यस्तैगरी ग्रीनफोर्स युवा क्लब भुर्जुङखोला र बिन्देश्वरी युवा क्लब आयोजक रातो बीच भएको खेलमा  ग्रीनफोर्स युवा क्लब भुर्जुङ खोलाले बिजय हात पारेको थियो।

फागुन २३ गते बुधबार भएको भूमेश्वरी युवा क्लब र विन्ध्यवासिनी युवा क्लब  ‘ए’ बाझोखेत बीच भएको खेलमा बिन्ध्यबासिनी युवा क्लब ‘ए’ बाझोखेतले विजय हात पारेको थियो। बोनमार्गेि तमु समाज र सिन्दु देउराली युवा क्लब बीच भएको खेलमा सिन्दुदेउराली युवा क्लब विजय भएको थियो। त्यस्तैगरी घान्द्रुक अन्नपूर्ण किम्चे भर्सेस सुनगाभा युवा क्लब लान्द्रुक बीच भएको खेलमा  घान्द्रुक युवा क्लब विजय भएको थियो भने लौरुक युवा क्लब कास्कीकोट भर्सेस निसीखोला युवा क्लब बाग्लुङ बीच भएको खेलमा निसीखोला युवा क्लब बाग्लुङ विजय भएको थियो।

फागुन २४ गते बिहिबार ११ बजेदेखि दोस्रो सेमीफाइनल प्रतियोगिता अन्तर्गत ग्रुप ‘ए’ को बिजेताले र ग्रुप ‘बी’ को बिजेता सग सामना गर्नुपर्ने गरि प्रथम र दीत्तीय छुट्याइने तरिकाले तयार गरिए अनुसार ग्रुप ‘ए’ मा ग्रिनफोर्स यूवा क्लव भुर्जुङ खोला र फेरि भेटौँला यूवा क्लव साँखु ल्वाङ घलेल बीच भिडन्तमा फेरि भेटौला साँखु ल्वाङ घलेल ले विजय हासिल गरेको थियो । ‘बि’ मा घान्द्रुक युवा क्लब अन्नपूर्ण र निसीखोला युवा क्लब बाग्लुङ बीच भएको भिडन्तमा घान्द्रुक युवा क्लब अन्नपूर्णले विजय हासिल गरेको थियो। त्यस्तैगरी फेरि ‘ए’ बाट घाँटी छिना युवा क्लब घाँटी छिन र पोखरा युनाइटेड कास्की पोखरा बीच खेल हुँदाहुँदै अचानक हावाहुरी आएर खेललाई टुङ्गोमा पुर्याउन नसकेपछि आयोजकले खेल स्थगित गर्नुपरेको र भोलि शुक्रबार हुने खेलमा यसैलाई निरन्तरता दिइने आयोजकले बताउनुभयो।

प्रतियोगिताको बिजेताले नगद ६० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दुबै तर्फका टिमले उपविजेताले  ४० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: