Worldlink Communications

मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा छिपछिपेपानी सामुदायिक भवनको उद्घाटन

चैत्र ५ ,पोखरा

पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट काउलेमा बनेको छिपछिपेपानी सामुदायिक भवनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो।

पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्नुभएको थियो। विशेष अतिथिहरुमा गण्डकी प्रदेशका सांसद प्रकाश बराल र पोखरा महानगरपालिका को मेयर धनराज ले गर्नुभएको कार्यक्रममा अतिथिहरू वडा न.२ का वडाध्यक्ष दिवसमान प्रधानङ्ग लगायत वडा भित्र का विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सङ्घसंस्थाका प्रतिनिधि हरू, विभिन्न विद्यालयका प्र.अ.,व्यवस्थापन समितिका अध्यक्षहरू, बिभिन्न आमा समूहका प्रतिनिधि र समाजमा स्थापित बौद्धिक एवं सामाजिक व्यक्तित्वहरूको समउपस्थितिमा गरिएको उद्घाटन कार्यक्रमलाई भव्य र सभ्य रूपले वडा सचिव इन्द्रबहादुर जि.सी.ले सञ्चालन गर्नुभएको थियो।

पानसमा बत्ती बाल्दै ताम्रपत्र पढेर उद्घाटन गरिएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले यस वार्डमा खानेपानीको समस्या भएको जानकारी भए अनुसार लौरुक लिफ्टिङ पानी घरघरमा एकघर एक धाराको कार्यक्रमको लागि प्रदेश सरकारले १ करोड छुट्याइएको बताउनुभयो । पोखरा महानगरका मेयर धनराज आचार्यसँग आफ्नो राम्रो सम्बन्ध भएको हुनाले पोखराको बृहत बिकास र हितमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो।

अनावस्यक रुपमा बेलाबेलामा सरकारको फेरबदल को कारणले जति काम गर्न खोजे पनि गर्न खोजेका कामहरू गर्न नसकिएको बताउँदै वर्षमा दुई तीनपटक सरकार कसरी ढाल्ने भन्ने सोचाइ र सरकार कसरी बचाउने भन्ने सोचाइ लिएर दौडधुप गर्नुपर्दा जनताका गर्नैपर्ने धेरै कामहरु ओझेलमा परेको बताउनुभयो।

प्रदेश सांसद प्रकाश बरालले सामुदायिक भवन उद्घाटन हुनु ठूलो कुरो नभएको तर यसलाई कसरी चलाउने र यस यस भवनको माध्यमबाट जनताको जीवनस्तर कसरी उठाउन सकिन्छ भन्ने कुरा ठूलो भएको हुनाले सबैले यस बारेमा सोच्न अनुरोध गर्नुभयो। पोखरा २४ का जनताले अब पानीको बारेमा चिन्ता लिनु नपर्ने त्यो चिन्ता अब मलाई छोड्दिनुस् भन्नुभयो। पोखरा २४ का जनताले स्वच्छ पानी पिउन पाउनुपर्छ भन्ने जिम्मा मैले लिए भने पोखरा मेयर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई केही सहयोग हुने बताउनुभयो ।पानीको जिम्मा मैले लिन्छु अरु जिम्मा पोखरा महानगरपालिकाले लिनुपर्छ भन्नुभयो। फेवाताल फेवाताल पुरिँदै गएकोमा चिन्ता ब्यक्त गर्दै प्रकाश बरालले फेवाताल पुरिने माध्यम भनेको बिग्रिरहने बाटो र गइरहने पहिरो भएको हुनाले यी सबैलाई नियन्त्रण गर्नुपर्ने  विषय लाइ विशेष जोड दिनुभयो।

त्यस्तैगरी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा २४ को मात्र विकास नभै समग्र पोखरा महानगरपालिकाकै विकास बिस्तारै हुने बताउनुभयो। अबको दुई वर्षभित्रमा पोखरा २४ मा कनेक्टिङ रोड पनि बन्छ यहाँका जनताले स्वच्छ पिउने पानी पनि पाउनुहुनेछ ढुक्क हुनुस् भन्नुभयो। समय समयमा फेर बदल भइरहने संघीय सरकार र प्रदेश सरकार जस्तो यो स्थानीय सरकार ५ वर्षसम्म परिवर्तन नहुने भएको हुनाले सबैले मिलेर जान सकिएमा स्थानीय रूपमा धेरै नै विकास हुन सक्ने कुरा बताउँदै विगतमा सामान्य गल्तीवस केही कुराहरु भएको भए पनि त्यसलाई  पारिवारिक बिषयको रुपमा लिएर सहजीकरण गर्दै अगाडि बढ्न सकिएमा वडा बिकास हुन्छ भन्ने कुरामा सबैजना प्रतिनिधिहरु जानकार र सक्षम हुनुहुन्छ भन्नुभयो।

पोखरा २४ का जनप्रतिनिधि कृष्णप्रसाद सुवेदीले जनताको समस्या कनेक्टिङ बाटोले पूर्णता नपाएको र  घरमा पानी डोको बाट गाग्री सम्म आएको तर घर घरमा पानीको धारा नपुगेको भन्दै पुर्‍याउने कार्यमा सबैले सहयोग गर्नुहुन अनुरोध गर्दै कार्यक्रममा उपस्थित सबै लाई स्वागत गर्नुभएको सो कार्यक्रममा विभिन्न पार्टीका अध्यक्ष विभिन्न संघसंस्थाका प्रतिनिधिमूलक व्यक्तित्वहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्षता गरिरहनु भएका वडा अध्यक्ष भरतबहादुर अधिकारीले आफूले जहिले पनि वडा नं २४ को विकासको निम्ति सबै को ढोका ढकढक्याउँदै हिँडिरहेको यो परिवेशमा आज सबै ढोका लाइ एउटै मञ्चमा गण्डकीका मुख्यमन्त्री गण्डकी प्रदेशका सांसद र पोखरा महानगरपालिका को मेयर लाइ उपस्थित गराई यहाँको विकासको बारेमा जानकारी गराउन पाउँदा साह्रै खुसी लागेको बताउनुभयो।

सबै ढोकाले यस वडाको विकासको निम्ति चासो लिएर प्रतिबद्धता जाहेर गरेको देख्दा र सुन्दा आफू अझै खुसी भएको र भोलिका दिनमा अझै पनि ढोका ढकढक्याउन जानको लागि बाटो खुला गरिदिनु भएको यस परिवेशमा पोखरा २४ का जनता पनि खुसी भएको हुनाले पोखरा २४ का जनतालाई मुखले मात्र आश्वासन दिएर हुँदैन व्यवहारलेनै काम गरेर देखाउन जिम्मेवार निकायलाई अनुरोध गर्दै उपस्थित सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्: