Worldlink Communications

पपुवानिगिनिमा शक्तिशाली भूकम्प गएको छ

चैत्र १२ पोखरा

पपुवानिगिनि मा गएको शक्तिशाली भूकम्प गएको छ ‌भुकम्प बाट तीन जनाको मृत्यु भएको र ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर २२ मिनेट जाँदा देशको उत्तरी भागमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ४ दशमलव २ किलोमिटर तल रहेको थियो बताइएको छ।

भूकम्पको धक्का अन्य स्थानहरू पूर्वी सेपिक प्रान्तसहित अम्बुन्ती र वेवाकमा समेत धक्का महसुस भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: