Worldlink Communications

गण्डकी प्रदेश खेलकुद परिषदको परिपत्र: उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो र तामझाम गर्न नपाइने

चैत्र १२ ,पोखरा

गण्डकी प्रदेश पोखरामा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुनेगरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ ।

परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण,वक्ताहरुको पटयार लाग्दा भाषण हरु छोट्याउन आग्रह गरिएको हो।खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो गर्न तथा अनावश्यक तामझाम, फजुल खर्चलाइ निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माले हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत माला र फूलको प्रयोग नर्गन समेत् भनिएको छ ।

त्यसै गरी कुनैपनि कार्यक्रममा प्लाष्टिकजन्य तथा वातावरण प्रदुषण जन्य सामाग्री, ठूलो ध्वनी आउने साउण्ड सिस्टम,महङ्गा तथा फेरि प्रयोगमा नआउने खालका मायाँको चिनो, खादा तथा दोसल्ला प्रयोग समेत नर्गन भनिएको छ ।

परिषदले ति सामाग्रीहरुको ठाँउमा स्थानिय उत्पादनलाई टेवा पूग्ने गरी सामाग्रीहरुको प्रयोग गर्न र स्थानिय उद्योगहरुलाई प्रोत्सहान हुने गरी सामाग्रीहरु प्रयोगमा ल्याउन पत्रमा भनिएको छ ।

खेलक्षेत्रलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिहरु, खेल संघसंस्थाहरु, क्लबहरु र सरोकारवालाहरु संग अन्तक्रिया तथा छलफल गरी यथासिघ्र सो बारे धारणा परिषदमा पठाउन भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: