Worldlink Communications

जलजला गाउँपालिका-२ मा एक दम्पतीलाइ धारिलो हतियार प्रहार गरि वीभत्स हत्या

चैत्र २०, पर्वत

म्याग्दी बेनी नगरपालिका–९ गलेश्वर बजारबाट कालीगण्डकी पारी रहेको पर्वत जिल्लास्थित जलजला गाउँपालिका-२ राममन्दिरमा गए राति एक दम्पतीलाइ धारिलो हतियार प्रहार गरि वीभत्स हत्या भएको छ।

बुडा बुडी को नै बिभत्स रुपमा हत्या भएको घटनास्थलमा पुगेका स्थानीय बासीहरूले प्रहरीलाई खबर गरेपछि  पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेकोहो ।

एकान्त ठाउँमा रहेको उनको घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे । घरमा भएको सम्पूर्ण सर सामग्रीहरू लुटपाट गरेर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर सुरक्षाकर्मीको नियमअनुसार सूक्ष्म रूपले अनुसन्धान थालिसकेको छ । जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्: