Worldlink Communications

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे द्वारा पदबाट राजिनामा

चैत्र २१ पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज आफनो पदबाट राजिनामा दिनुभएको छ।

परिबर्तित केन्द्रिय गठबन्धनको सरकार बने लगतै नेकपा माओवादी ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजिनामा दिनुभएको हो ।

पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राप्रपा ले २७ गते अगाडि सरकारबारे कुनैपनि निर्णय नगर्ने बताएपछि विश्वासको मत पाउने अवस्था नदेखिएकोले पदबाट राजिनामा दिनु उपयुक्त लागेको हुनाले राजिनामा दिएको बताउनुभएको थियो।

राजिनामा दिनुभन्दा अघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुसँग छलफल गरि छलफलबाट निकालिएको निष्कर्ष अनुसार विश्वासको मत कुनै पनि हालतमा नपुग्ने देखेपछि राजिनामा को बिकल्प नरहेको ठहर गर्दै आज राजिनामा दिनुभएको छ ।

कुनै पनि पार्टीको बहुमतको सरकार बन्न नसक्ने देख्नुभएका सुरेन्द्र पाण्डे फेरिपनि ठुलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने राम्रो सपना बुन्दै राजिनामा दिएको केहि ससद हरुले हामिलाइ बिताउनुभएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसबाट २७, एमालेबाट २२, माओवादीबाट ८ सभामुखसहित , राप्रपाबाट २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्: