Worldlink Communications

यूनाइटेड क्लबले आफनो १४औँ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गर्दै

चैत्र २९, पोखरा

यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ ।क्लवले वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष वैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रम गर्दै आइरहेको छ ।

२०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेका यूनाइटेड क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारी आगामी बैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो ।

क्लबले बार्षिकोत्सवको अवसर पारी वैशाख १ गते मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रम, वैशाख २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम, वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्ने भएको छ ।

त्यसैगरी वैशाख ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन बितरण, बैशाख ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, वैशाख ६ गते पोखरा १५ टुटुङगामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरिने क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्: