Worldlink Communications

बिन्ध्यश्वरी युवा क्लव ठाटीको आयोजनामा शुभकामना आदनप्रदान, रक्तदान तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न 

चैत्र ३०, पोखरा

बिन्ध्यश्वरी युवा क्लव पाेखरा महानगरपालिका वडा न १९ तल्लाकाेट ठाटीको आयोजनामा नया वर्ष २०८१ काे शुभकामना आदनप्रदान, खुल्ला रक्तदान कार्यक्रम तथा भित्तेपात्राे विमाेचन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमकाे प्रमुख अतिथि वडा न. १९ का वडा सदस्य विकास कुमार आचार्यको प्रमुख आथित्यतमा भएको कार्यक्रमकाे उद्घघाटन प्रमुख अतिथि बिकास आचार्यले व्लड व्याग हस्तान्तरण गरि विधिवत रूपमा कार्यक्रमकाे उद्वघाटन गर्नु भएकाे थियाे ।

खुल्ला रक्तदान कार्यक्रम मा नेपाल रेडक्रस साेसाईटी प्रादेशिक श्रत्रीय रक्तसचार कार्यलय पाेखराकाे सहयाेगमा ३९ युनिट रगत संकलन भएकाे छ । रगत प्रदान गरि कार्यक्रमलाई सफल गर्न सहयाेग गर्नुु हुने सवैलाई विशेष धन्यवाद दिदै प्रमुख अतिथि विकास आचार्यले रक्तदान जीवनदान हो भन्दै सङ्घ संस्थाहरूले यसरी गरेका कार्यक्रमहरू देखिरहँदा र हेरिरहँदा कतै मानवियता हराएको हो कि प्रश्न गरिरहँदा यस किसिमका कार्यहरूले मानवले मानवलाई गर्नुपर्ने दायित्वसँगै मानवता देखिएको महसुस गरेको छु भन्नुभयो।

क्लबले हरेक वर्षमा आफ्ना कार्यक्रमहरू यसैगरि गरिरहेको र यस वर्ष पनि तिनै कार्यक्रमहरूलाई निरन्तरता दिएको कार्यक्रममा छिमेकी क्लवका अध्यक्ष एबं प्रतिनिधि, विभिन्न सघ सस्थाका अध्यक्ष एव प्रतिनिधिहरू, आमा समुहका अध्यक्ष एव प्रतिनिधिहरूको उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता क्लवका अध्यक्ष श्री थम कुमार के सीले गर्नु भएकाे सो कार्यक्रमकाे सयाेजक क्लवका सह सचिव सुर्य नारायण अधिकारी गर्नु भएकाे कार्यक्रम भव्य र सभ्य रूपले क्लवका सचिव दिपेन्द्र ढुङगानाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: