हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा राष्ट्रिय मा वि का १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा राष्ट्रिय मा वि का १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

परिबर्तन न्युज
८ बैशाख २०८१ बजे
परिबर्तन न्युज
८ बैशाख २०८१

बैशाख ८,पोखरा

राष्ट्रिय माध्यामिक विद्यालयले हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना  पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले  विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा, पुनर्मिलन समारोहका संयोजक वसन्तराज अधिकारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्ष रामविक्रम राणा लगायतले सम्मानित ब्याक्तिहरुलाई माला,अबिर र सम्मानपत्रले सम्मान गर्नुभयको थियो  ।

सम्मानित हुनुहुनेहरुमा पूर्व विद्यार्थीहरुमा कृषि विज्ञ डा. अनिल सुवेदी, महिला अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. राघवलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष तेज बहादुर गुरुङ, २०३१ सालको एसएलसी परीक्षामा बोर्ड फस्ट दानकुमार प्रधान,  ललितकलाकर्मी एवम वरिष्ठ व्यङ्ग्य चित्रकार दुर्गा बराल, नेपाल सरकारका पूर्व उद्योग वाणिज्य सहायक मन्त्री प्रकाश बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रकाशमान गुभाजू गायीका बाबा राणा, न्यायिक प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक राघवलाल बैद्य, विद्यालयका पूर्व विद्यार्थी, शिक्षक एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामराज रेग्मी र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठलाई सम्मान गरेको हो ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तत्कालिन राणा सासनको अन्त्य हुने वेलामा स्थापना भएको राष्ट्रिय माविले नेपालमा ख्याति प्राप्त ब्याक्तित्वहरु उत्पादन गर्ने केन्द्रको रुपमा स्थापित भएको र त्यसको गरिमालाई कायम राख्न महानगरको तर्फबाट सहयोग गर्ने वताउनुभयो। तत्कालिन समयमा निर्माण भएका भवनहरु जीर्ण हुदै गएको आफुले थाहा पाएको वताउदै त्यसको संरक्षणका लागी आफ्नो तर्फबाट सहयोग गर्ने वताउदै मेयर आचार्यले राष्ट्रिय माविलाई पुरानै उचाइमा पुर्याउनेगरी काम गर्न ब्यबस्थापन समिति,विद्यालयका शिक्षक,अभिभावक, पूर्व विद्यार्थी र विद्यार्थीहरु सबैलाई अनुरोध गर्नु भयको थियो  ।

विद्यालयका पूर्व विद्यार्थी तथा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष साहरा प्रधान, वडा नम्बर २ का अध्यक्ष दिवशमान पूधानाङ, र  सम्मानित ब्याक्तिह को तर्रुफ बाट  प्रकाश बहादुर गुरुङ र रामराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले वोल्नु भएको थियो। ११ औं कार्यक्रम अन्तर्गत वृहत पुनर्मिलन कार्यक्रमको आयोजना गरेको विद्यालयले ७५ औं वर्ष प्रवेशको अवसरमा पुरै एक वर्ष सम्म २२ वटा कार्यक्रमको आयोजना गर्ने  विद्यालय परिवारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज