Worldlink Communications

पोखराको सांग्रिला सप्लायर्स चाउथेमा आगालागी

बैशाख २०,पोखरा

पोखराको चाउथेमा आगालागी भएको छ । पोखरा १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा गएराति साढे १० बजे आगिलागी भएको हो ।

आगालागी सशस्त्र प्रहरी बल कालिका गणको बिशेष उद्धार टोली लगायत पोखरामहानगरको २ वटा दमकलका साथै नेपाल प्रहरी तथा स्थानीयहरुको सहभागीतामा करिव ४५ मिनटको नियन्त्रणमा आएको कालिका गणका एसपी अरुण पौडेलले जानकरी दिनु भयो  ।

पोखरा-१४ कदममार्ग निवासी ध्रुव मरासिनीले संचालन गरेको उक्त बिजुली सप्लायर्समा कति क्षति भयो भन्ने एकिन विवरण आईनसकेको  एसपी शर्माले बताउनु भयो  ।

प्रतिक्रिया दिनुहोस्: