Worldlink Communications

भोलिबाट नेपालमा ‘इन्ड्राइभ’ कानूनी रुपमा संचालनमा आउने

वैशाख २३ , काठमाडौं

नेपाल मा करिब तीन बर्ष संचालनमा आइसकेको अमेरिकन इन्ड्राइभ  भोलि बाट औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भइ वैधानिक र निर्बाध रूपमा बाटोमा गुड्न पाउने भएका छन।

आज सम्म  इन्ड्राइभ दर्ता नभए पनि इबातो मा सञ्चालन भइरहेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा राइडरहरुलाई रोक्ने र कारवाही गर्ने काम भएको थियो जसका कारण पटक–पटक दुख पाएर औपचारिक रुपमै दर्ता गरेर सार्वजनिक हुने बताए पनि दर्ता गरेको थिएन ।

सोमबार भने इन्ड्राइभले कम्पनी दर्ता गरेपछि आफ्नो सेवा औपचारिक रुपमै सुरुवात गर्दैछ । पहिलोपटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेपछि निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु कार्य सुरु गरेको थियो । त्यतिबेलादेखि नै माग भएपनि अहिलेसम्म संघीय ऐनमा नै निजी सवारी साधानले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था बनेको छैन  ।

 

प्रतिक्रिया दिनुहोस्: