Worldlink Communications

जिल्ला बाल सन्जाल कास्की पुनर्गठन, अध्यक्ष: तेज प्रसाद ढकाल निर्विरोध

वैशाख २८, पोखरा

जिल्ला बाल सञ्जाल कास्कीले आज दीपसागर होटलमा गरेको कार्यक्रमबाट तेजप्रसाद ढकाललाई बाल सन्जालको अध्यक्षपदमा सर्वसम्मत निर्विरोध निर्वाचित गरेको छ।

सामाजिक विकास कार्यालय कास्कीको आयोजना र जिल्ला बाल सन्जाल कास्कीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता बाल सन्जाल कास्कीका अध्यक्ष समीक्षा लामिछानेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका प्रसाद आचार्यले ले गर्नुभएको थियो भने अतिथिताहरुमा सामाजिक विकास कार्यालय का प्रमुख इन्द्रबहादुर थापा, राष्ट्रिय बालअधिकार परिषद्का सहजकर्ता बद्रीप्रसाद वाग्ले,जिल्ला बाल समिति  कास्कीका अध्यक्ष गीता पौडेल देवकोटा लगायत करिब ४० जना विद्यार्थी भाइ बहिनीहरूको उपस्थितिमा भएको कार्यक्रमलाइ सफलतापूर्वक विद्यार्थी तेजप्रसाद ढकालले सञ्चालन गरेका थिए।

पोखरा को दीपसागर होटलमा भएको जिल्ला बाल सन्जालको पुनर्गठन कार्यक्रमबाट निर्विरोध र सर्वसम्मत रूपमा अध्यक्ष: तेजप्रसाद ढकाल माछापुछ्रे, उपाध्यक्ष: विश्वराज सापकोटा मादी, सचिव: जस्मिन आचार्य पोखरा ,कोषाध्यक्ष: रुबिना भुसाल अन्नपूर्ण, सहसचिव: शिशिर सुवेदी रुपा, सदस्यहरू क्रमश: गणेश वाग्ले पोखरा, ओशिका सुनार मादी, सुबोध सुवेदी अन्नपूर्ण, निशा अधिकारी माछापुछ्रे र अङ्किता परियार रूपा बाट निर्वाचित हुनुभएको छ।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नुभएका प्रमुख अतिथि अम्बिकाप्रसाद आचार्यले बालबालिकासँग जति नजिक गयो उति नजिक जाउँ जाउँ बनाउने बालबालिकाहरुको कार्यक्रममा बोल्न पाउँदा खुसी लागेको बताउनुभयो। हरेकले आफ्नो जिम्मेवारी बोध गर्दै म बालबालिकाको लागि र बालबालिका मेरा लागि भन्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। स्वच्छ शरीरमा मात्र स्वच्छ मस्तिष्कको विकास हुन्छ भन्दै युवा शक्ति अहिले अलिकति अल्छी बनेको छ अहिले पसिना निकाल्यो भने पछि आँसु निकाल्नु पर्दैन तसर्थ अहिले पसिना निकाल्नुपर्छ भन्दै विद्यार्थी भाइबहिनीहरूलाई ऊर्जा थप्नु भयो।

त्यस्तैगरी विशिष्ट अतिथि सामाजिक विकास कार्यालयका प्रमुख इन्द्रबहादुर थापाले बाल सन्जाल गठन भएको दुई वर्ष कति छिटै बितेछ पत्तै भएन भन्नुभयो। बाल सन्जाल लाई वृत्ति विकासको लागि विविध कार्यक्रम हरू दिएर सहयोग गर्ने मन हुँदाहुँदै पनि कहिँ कतै अल्झिएको हो कि जस्तो मनमा लागेको छ आगामी दिनमा अधुरा कामहरू पूरा गरिँदै लगिने बताउनुभएको थियो। बालबालिकाको हितको निम्ति हरेक विषयहरु मा सहयोग गर्दै आएको र आगामी दिनमा पनि बाल बालिकाको हितको निम्ति सामाजिक विकास कार्यालय तपाईँहरूको पक्षमा विविध कार्यक्रमहरू ल्याई सहयोग गर्ने बताउनुभयो।

दोस्रो चरणको कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न गर्नको लागि निर्वाचन मण्डल गठन गरिएको थियो भने निर्वाचन भइसकेपछि निर्वाचित सबैलाई पूर्व समितिका अध्यक्ष समीक्षा लामिछानेले भर्खर चुनिनुभएका अध्यक्ष लाई आफ्नो कार्यभार सुम्पदै गर्दा मनभित्र कहिँ न कहिँ आफ्नो मन अमिलो भएको बताउदै नवनिर्वाचित अध्यक्ष र सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आवश्यकता परेको ठाउँमा आफूले समितिमै नरहेर पनि सहयोग गर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्: